Close

Recent Posts

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

दशैँको मुखमा बाध्यताले वैदेशिक रोजगारीमा

दशैँको मुखमा बाध्यताले वैदेशिक रोजगारीमा
  • २३ आश्विन २०८१, बुधबार १०:५०

काठमाडौँ– दशैँको मुखमा वैदेशिक रोजगारी र अध्ययनका लागि युवाहरु गइरहेका छन्। नेपालीहरुको महानपर्व दशैँ तथा तिहारमा वैदेशिक रोजगारीबाट फर्किनेसँग विदेशीनेको संख्या पनि उत्तिकै छ ।

mulpatra

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दशैँको मुखमा वैदेशिक रोजगारीमा जाने युवाहरु परिवारसँग खुसी–दुःख एकैसाथ बाँड्दै गरेको दृश्य देखिन्छ। रामेछाप मन्थलीका उमेश कार्की बेरोजगारी र आर्थिक समस्या भएपछि दशैँको मुखमा वैदेशिक रोजगारीमा जानुपरेको बाध्यता सुनाउँछन् ।

दशैँ मनाउन नपाएपनि परिवारको भविष्यका बारेमा सोचेर आफू रोमनिया वैदेशिक रोजगारीमा हिडेको उनले बताए। ‘पासफोर्ट एप्लाइ गरेको सात महिनापछि दशैँकै बेला भिसा आयो। बल्ल–बल्ल भिसा आएपछि कहाँ दशैँ भनेर बस्नु।’ उनले भने।
पाँच बर्ष ओमान बसेर गत माघमा स्वदेश फर्किएका उनले तीन बर्षदेखि नेपालमा दशैँ मनाउन पाएका छैन। यसपालीको दशैँ मनाउन नजुरेको उनी बताउँछन्।
यस्तै, नेपालमा बसेर परिवार धान्ने खर्च कमाउन नसकेपछि दशैँको मुखमा वैदेशिक रोजगारीमा जानुपरेको स्याङजा वालिङका विकास कुँवरले जानकारी दिए।

mulpatra mulpatra mulpatra

युएई सुरक्षा गार्डको रोजगारीमा हिडेका कुँवरले वैदेशिक रोजगारीमा पाएको अवसरलाई गुम्छ भनेर दशैँ पनि नभनि हिंडेको बताए। ‘दशैँकै बेला भिसा आयो। दशैँ त अरु बेला मनाउँदा हुन्छ भनेर परिवार छाडेर विदेशीएको हो। देशमा केही गर्ने वातावरण छैन।’ उनले भने, ‘कतारबाट फर्किएर देशमै केही गर्छु भनेर होटलदेखि किराना पसलसम्म गरे। तर नेपालमा जे गरेपनि नहुँदो रहेछ। त्यहीँ भएर फेरी एक पटक वैदेशिक रोजगारीमा हिडेको हुँ।’

काभ्रे पाँचखालाका जितेन्द्र सापकोटा अधिकांस नेपालीलाई दशैँ लागिरहेका बेला आफु भने देश छाडनुपरेको बताउँछन्। तीन बर्ष कुखुरा पालन र तरकारी खेती गर्दा पनि केही नभएपछि वैदेशिक रोजगारीमा माल्टा जानुपरेको उनले बताए। ‘तीन बर्ष तरकारी खेती गर्दापनि केही प्रगति भएन। कुखुरा पालन गरे बिचौलिया धनी भए म ऋण तिर्ने विदेशीनु परेको छ। योभन्दा ठुलो विडम्वाना के होला।’ उनले भने।
नेपालमा युवालाई केही गर्ने र बस्न मिल्दैन जस्तो छ। त्यही भएर केही बर्ष विदेशीतिर रमाउन हिडेको उनको भनाइ छ।

उनीहरुजस्तै दशैँको मुखमा दैनिक एक हजार पाँच सयभन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा गएका छन्। भने अध्ययनका लागि दैनिक तीन सयभन्दा विदेशीरहेका छन्।

Image Source: © https://mulpatra.com

दशैँमा वैदेशिक रोजगारीमा जान २० हजारभन्दा बढीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ। दशैँको एक साताका लागि २० हजारभन्दा बढी श्रम स्वीकृति जारी भएको विभागको तथ्यांकमा छ।

गत बर्ष दशैँको बेला २५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए। दशैँ जस्तो चाडपर्वमा वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति दुई–दिन रोक्नुपर्ने विदेशीने कामदारले नै आवाज उठाउँदै आएका छन्।

दशैं मनाउन विभिन्न देशबाट युवाहरु स्वदेश फर्किदैँछन्। भने दशैंको मुखमा परिवारबाट विछोडिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या पनि उति नै भएको वैदेशिक रोजगार विभाग सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए। ‘दशैँको टिकाको दिन समेत नेपाली वैदेशिक रोजगारीमा जान्छन्। भिसा लागेर उडान टिकट लिएपछि जानुपर्ने अवस्था हुन्छ।’ उनले भने।

चालु आर्थिक बर्षको भदौमा ५७ हजार ४९३ नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ। साउनमा ६० हजार विदेशिएका थिए। असोज महिनाको १८ गतेसम्म ४२ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ।