Close

Recent Posts

दशै टिका लगाउँदा यी मन्त्र उच्चारण गर्नुहोस

दशै टिका लगाउँदा यी मन्त्र उच्चारण गर्नुहोस
  • २६ आश्विन २०८१, शनिबार ०९:५१

काठमाडौंः आज बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

mulpatra

दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११:३६ बजेको साइत उत्तम रहेको जनाएको छ ।
दसैँमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउने चलन छ । आशिष् दिँदा संस्कृत मन्त्र वा श्लोकको प्रयोग गरिन्छ । यी श्लोक पुराणमा चर्चा गरिएका पात्रहरूलाई आदर्श मानेर उनीहरूजस्तै बुद्धिशाली, पराक्रमी, दानी, ज्ञानी, तपस्वी हुन ठूलाले सानाका लागि दिने शुभाशिष हुन् ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो।

mulpatra mulpatra mulpatra


त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ।


त्यसैले टिका लगाउँदा भन्ने मन्त्र वा आशिषको धेरै महत्व छ । ठुला बडाले टिका लगाइदिँदा मन्त्र शुद्धसँग उच्चारण हुन पनि जरुरी हुन्छ । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–


आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

Image Source: © https://mulpatra.com

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ। महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ।


जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।

नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ। अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ।