Close

Recent Posts

मारवाडीसँग लम्पसार पार्टी, प्रसाईले भनेजस्तै मारवाडीले चलाएको सरकार

मारवाडीसँग लम्पसार पार्टी, प्रसाईले भनेजस्तै मारवाडीले चलाएको सरकार
  • २९ आश्विन २०८१, मंगलवार १३:२७

काठमाडौं–मारवाडी समुदायले पशुपति गौशाला धर्मशाला चलाउन थालेको ८४ वर्ष भयो । यस धर्मशालामा उनीहरुले कमाइ खाने बाटो बनाइरहेका छन् । तीन बर्ष अगाडी नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले पशुपति गौशाला धर्मशालामा मारवाडीहरुले गरिरहेको ब्रम्हा लुटका बारेमा पहिलो पटक आवाज उठाएका थिए ।

mulpatra

प्रसाईले पशुपति गौशाला धर्मशाला मात्र होइन । देशको राजनीतिमा समेत मारवाडी समुदायको संलग्नता र उनीहरुले देशको अर्थतन्त्रमा पुराएको आर्थिक नोक्सानीका बारेमा आवाज उठाउँदै आएका छन् । प्रसाईले यस्तो आवाज उठाउन थालेपछि मारवाडीहरु सरकारको शक्ति खोज्न थाले । तर प्रसाईले आफनो महाअभियानमार्फत आवाज उठाउन छाडेनन् ।

असोज २३ मा काठमाडौं महानगरपालिका आफ्नो प्रहरीसहित पशुपति गौशाला धर्मशाला खाली गराउन पुग्यो । धर्मशाला खाली गराउन पुगेको महानगरले आफ्नो ब्यानर धर्मशालामा झुण्डाएर फर्कियो । गौशाला प्रहरीले असहयोग गरेपछि महानगर प्रहरी फर्किएको थियो । महानगर प्रहरी फर्किएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले एउटा स्टाटस् लेखेका थिए । उनले देश त राजनीतिक दल र प्रहरीले होइन । मारवाडीहरुले पो चलाएका रहेछन् भनेर ।

mulpatra mulpatra mulpatra

त्यसयता धर्मशालाबारे विवाद चुलिएको छ । मारवाडी समुदाय आफूमाथि महानगर र पशुपति क्षेत्र विकास कोषले ज्याजति गरेको बताउँदै सरकारसँगै राजनीतिक दल आफुले चलाएको भन्दै नारावाजी गरे । महानगर र कोष आफूले आफ्नो अधिकार प्रयोग गरेको दाबी गरिरहेका छन् । मारवाडीले भने उनीहरुले आफुलाई चलाए जेपनि हुन्सक्छ भनेर मिडियामार्फत धम्की दिए । तर सरकारले उनीहरुलाई अहिलेसम्म केही गर्ने सकेको छैन ।

दुई साताअघि सामान्य मुद्धामा साइबर प्रहरीले दुर्गा प्रसाईलाई समाएको सरकारले सरकार हामीले चलाएका हौं भन्दै धम्की दिने मारवाडीलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

मारवाडी सेवा समितिका अध्यक्ष प्रमोद अग्रवाल सरकार हामीले चलाएको हो । यो राज्य मारवाडीले चलाएको भन्दै सार्वजनिक रुपमै धम्की दिएका छन् । उनीमाथि किन कारवाही नभएको भन्दै सामाजिक सञ्जालमा आवाज उठेको छ ।

Image Source: © https://mulpatra.com

२०२१ मै गुठी संस्थान स्थापना भएपछि धर्मशाला रहेको ९ रोपनी ९ आना जमिन संस्थानको भयो । जमिनको स्वामित्व संस्थानको भएपछि मोही भयो पशुपति गौशाला धर्मशाला । यो सरकारी सम्पतिमा मारवाडीहरुले मनोमानी गरेको भन्दै दुर्गा प्रसाईले पनि केही दिन अगाडी एउटा सामाजिक सञ्जालमा स्टाट्स लेखे ।

प्रसाईले व्यवस्था बदल्न आन्दोलन पशुपतिबाटै गर्ने समेत घोषणा गरेका छन् । २०६० सालमा पशुपति क्षेत्र विकास कोषले धर्मशालासँग सम्झौता ग¥यो । १२ जेठ २०६० मा कोष र धर्मशालाबीच धर्मशाला सञ्चालनका विषयमा सम्झौता भयो ।

उक्त सम्झौताले नै मारवाडी समुदायले १९९७ देखि गौशाला धर्मशाला सञ्चालन गरिआएको तथ्य स्वीकार गरेको छ । उनीहरुलाई ८४ बर्षको क्षतिपूर्ति भराउनुपर्ने प्रसाईको माग छ । मारवाडीले देशको अर्थतन्त्र नै हातमा लिएका छन् । उनीहरुले सरकारमा सहभागी मन्त्रीलाई आफनो कब्जामा राखेको प्रसाईको आरोप छ ।

बर्माबाट लखेटिएका मारवाडी व्यापारीले नागरिकता किनेर नेपालको अर्थतन्त्रमा कुदृष्टि लगाएको उनको भनाइ छ । ४६ वर्षअघि वर्माबाट लखेटिएका मारवाडीहरूको आज नेपालमा लगानी मात्र होइन । अर्थतन्त्रमा पनि कब्जा गरी दैनिक पैसा विदेश लैजाने गरेको उनको आरोप छ । ५० खर्ब रुपैयाँ नेपालीको पैशा मारवाडीहरुकै हातमा छ । जसका कारण नेपालमा आर्थिक मन्दी भएको उनले जानकारी दिए ।