एमाले तस्कर र विवादित व्यापारीको पार्टी भएको ओलीले प्रष्टाए : प्रसाई

एमाले तस्कर र विवादित व्यापारीको पार्टी भएको ओलीले प्रष्टाए : प्रसाई
  • ३० आश्विन २०८१, बुधबार १५:२२

काठमाडौं– भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले केन्द्रीय कार्यालय बनाउन नेकपा एमालेलाई १० रोपनी १४ आना जग्गा दान गरे । अहिले यही विषयले राजनीति तातिएको छ ।

mulpatra

दशैं अष्टमीको दिन (२५ असोजमा) पारेर एमालेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी राधिका शाक्य तथा व्यापारी दम्पत्ति मीन गुरुङ र सावित्री गुरुङले हिन्दू बिधि बमोजिम संयुक्त शिलान्यास गरेका हुन् ।
बाढी पहिरोबाट देशभर हजारौं मानिस बेघरबार भइरहँदा सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय भवन शिलान्यासतिर लागे । यो एमालेकै लागि अनौठो विषय भयो ।

एमालेले यति ठूलो सहयोग गर्ने व्यवसायीका लागि कुनै न कुनै मूल्य चुकाउनुपर्ने र केही शर्त भएको नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आरोप छ ।

mulpatra mulpatra mulpatra

एउटा विवादित व्यापारीबाट दानमा केन्द्रीय कार्यालय भवन बनाउने निर्णयप्रति एमाले पंक्तिमा भने सन्नाटा देखिन्छ । यस विषयमा अहिले देशभर एमाले र पार्टी अध्यक्ष केपी ओलीको विरोध भइरहेको छ ।

बालुवाटार जग्गा प्रकरणमा जेल परेका विवादित व्यापारीबाट जग्गा दान लिएर पार्टी भवन निर्माण गर्ने भएपछि एमालेको प्रष्ट रुप देखिएको प्रसाईले आरोप लगाएका छन् । उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ विकासको भिजन बताउने एमाले अध्यक्ष केपी ओलीले आफनो वास्तविकता प्रष्ट देखाएको पनि बताए । ‘समृद्ध नेपाल सुखी नेपाली’ होइन रहेछ । ‘समृद्ध मारवाडी, तस्करी र सुखी एमालेको’ भिजन प्रष्ट देखियो । एमाले अध्यक्ष केपी ओलीको मारवाडीसँग ठुलो साँठगाँठ छ । त्यो त उनले देखाए ।’ उनले भने ।

एमालेभित्रै भयंकर ठूलो गल्ती भयो भन्ने पदाधिकारीहरुमै परेको छ । तर कोही बोल्ने अवस्थामा छैन । यसको अर्थ एमालेको ओली नै नैतिकता बेचेको उनको आरोप छ ।
ओली तस्कर मारवाडी, विवादित व्यापार र त्यस्तै व्यक्तिको भरमा चलेका छन् । यो एमालेकै कतिपय नेताले बताइरहेको प्रसाईले जानकारी दिए ।

Image Source: © https://mulpatra.com

मिन बहादुर गुरुङले कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गासहित अत्याधुनिक भवनको एमाले केन्द्रीय मूख्यालय भवन निर्माण गरिदिने बचन दिएका छन् । यसबाटै एमालेको संगत कस्ता र कोसँग छ भनेर जनतालाई प्रष्ट भएको प्रसाई बताउँछन् ।

मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बोकेर हिडेको एमालेले श्रमजिवी जनताको प्रतिनिधि पार्टी दावी गर्ने एमाले कार्यालय भवन निर्माणमा विवादित व्यापारीसँग जग्गा लिएपछि यो पार्टीको बारेमा जनता पुर्ण रुपमा जानकार भएको प्रसाईको बुझाइ छ।

लामो समय गुपचुप राखेर फुलपातीको दिन एमालेको सचिवालय बैठकमा सदस्यहरूलाई जग्गादाता को हुन् भन्ने नखुलाइकन यो निर्णय गरिएको एमालेकै नेताहरु बताइरहेका छन् । राजस्व चुहावट, करछली र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग खेपिरहेका मीनबहादुरकै जग्गादान र सहयोग किन अपरिहार्य बन्यो, एमालेले खुलाएको छैन । प्रसाईका अनुुुसार एमाले पार्टीभित्र यस्तै तस्करीसँग संगत भएका नेताहरु मात्र छन् । गुण्डा, तस्करी र विवादित व्यापारीको एमालेमा राजगज भएको प्रसाईको दाबी छ ।

स्थायी कमिटी सदस्य विन्दा पाण्डेले चाहिँ गुरुङसँग जग्गा लिएको विषयमा चर्को आपत्ति जनाएकी छन् । एउटा व्यापारीको दानमा केन्द्रीय मूख्यालय बनाउने निर्णयबाट एमालेका साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरिएको उनको निष्कर्ष छ ।

२०७२ सालको भूकम्पपछि एमाले लगातार एकपछि अर्को विवादित घरमा बस्दै आएको छ । अनि ती कार्यालय भवनहरुलाई बल्खुमा आफैंले उभ्याएको मुख्यालयसँग तुलना गरेर आलोचित हुने गरेको छ । अहिले पनि एमाले विवादित व्यक्तिको कार्यालयमा छ ।