प्रसाईको सभामा लाखभन्दा बढी जनता सहभागि हुँदै, कार्यक्रम रोक्न प्रयास
इटहरी– दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक समाज महाअभियानले (भोलि) कात्र्तिक १२ गते इटहरीमा आमसभा गर्दै छ।
प्रसाईको आमसभामा कम्तिमा एक लाखभन्दा बढी कोशी र मधेस प्रदेशमा जनता भेला हुने आयोजकको अनुमान छ । गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा थिए । हिरासतबाट छुटेपछि प्रसाईले पहिलो पटक भव्य आमसभा गर्न लागेका हुन् ।

इटहरीमा हुने प्रसाईको आमसभालाई महत्वका साथ हेरिएको छ । राजनीतिक बृत्तमा उनको आमसभालाई आगामी मंसिरको व्यवस्था बदल्ने आन्दोलनसँग जोडेर हेरिएको पाइन्छ । इटहरीमा प्रसाईको कार्यक्रम रोक्न प्रधानमन्त्री केपी ओलीको निर्देशन दिएको पाइएको छ। प्रसाईको सभा विथोल्न प्रधानमन्त्रीकै प्रयास रहेको प्रहरी स्रोतको दाबी छ ।
इटहरीको कार्यक्रममा एक लाखभन्दा सर्वसाधारण सहभागि हुने भएपछि प्रधानमन्त्री ओली प्रसाईको कार्यक्रममा समस्या सिर्जना गर्न खोजेको प्रसाईको समर्थकको आरोप छ ।
प्रसाईको आमसभाका लागि आवश्यक सामाग्रीहरु लगाउन ओलीको निर्देशनमा सुनसरी जिल्ला प्रशासनले प्रयास गरेको छ ।
सनातन हिन्दु धर्म कायम गर ,संघियता खारेज गर ,बैङक तथा वित्तीय संस्थाको ज्याजदति बन्द गर ,धर्म, संस्कार ,संस्कृतिको संरक्षण गर ,म जे गर्छु नेपालमै गर्छ,कृषि उत्पादनलाई बजार व्यवस्थापनको ग्यारेन्टी गर, वैदिक सनातनसहितको हिन्दुराज्य कायम गर, गिता मेरो मार्गदर्शन हो र वैदेशिक रोजगारीको विकृत्ति रोक्न प्रयासले आम आवाज उठाउँदै आएका छन् ।
मैले देश र जनताका लागि काम गरेको हुँ । त्यसैले जनताले रुचाएको प्रसाईले बताएका छन् । जनता अहिले देशमा व्यवस्था परिवर्तन र सत्तामा नयाँ व्यक्ति देख्न चाहिरहेको उनले बताए । ‘जनता दैनिक आफना दुख लिएर आउँछन् । मैले उनीहरुको पिडा हेरेर बस्न नसकेर महाअभियानमा होमिएको हुँ।’ उनले भने ।
![]() |
![]() |
![]() |
|---|
प्रसाईले देश र जनताका लागि लड्दा राजनीतिक पार्टीको आँखाको तगारो बन्नु परेको बताए । नेपालमा बैङ्कहरुले जनतालाई अफ्टयारोमा पारेको ,लघुवित्त सहकारी लगाएतका संस्थाको कारणले जनताहरु पिडा पाइएको विषयमा सुरुमा प्रसाई महाअभियान थालेका थिए । अहिले यो एजेन्डा सबै राजनीतिक दलले बनाउन थालेका छन् ।



