मोदिका निकट प्रोफेसर रागी दुर्गा प्रसाईको निमन्त्रणामा झापामा इटहरीको कार्यक्रममा सम्बोधन गर्ने

मोदिका निकट प्रोफेसर रागी दुर्गा प्रसाईको निमन्त्रणामा झापामा इटहरीको कार्यक्रममा सम्बोधन गर्ने
  • ११ कार्तिक २०८१, आईतवार १९:५१

झापा । दिल्ली युनिभर्सिटीका राजनिति शास्त्रका प्रोफेसर संगित कुमार रागी नेपाल आएका छन् । मेडिकल व्यवसायी एवं सामाजिक अभियन्ता दुर्गा प्रसाईको निमन्त्रणामा नेपाल आएका रागीले सोमबार सुनसरीको ईटहरीमा आयोजित जनसभालाई संम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

mulpatra


हिन्दुवादी चिन्तकको रुपमा समेत परिचित रागी दिल्लीबाट बागडोरा हुँदै त्यहाँबाट स्थल मार्गबाट नेपाल आएका हुन् । उहाँलाई झापाको आफ्नै बि एण्ड सी अस्पताल परिसरमा अस्पतालका संचालक समेत रहेका प्रसाईले स्वागत गरेका थिए । केहि समय अस्पताल भ्रमण गराएर प्रसाईले रागी संग केहिबेर गोप्य भेटवार्ता समेत गरेका छन्।


रागी आज झापामै रहने र भोली ईटहरीको सभालाई संबोधन गर्ने कार्यक्रम रहेको प्रसाईले बताएका छन् । भारतका प्रधानमन्त्री मोदिसंग समेत नजिकको संबन्धमा रहेको मानिने रागी प्रसाईको कार्यक्रममा संम्बोधन गर्न आउनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । प्रसाईले नेपालमा व्यवस्था परिवर्तन गरि हिन्दु राज्य सहितको राष्ट्र निर्माण गर्ने अभियान चलाईरहेका छन्।

mulpatra mulpatra mulpatra