Close

Recent Posts

वित्तीय विवरण पारित गर्दै माछापुच्छ्रे क्यापिटलले गर्यो साधारणसभा सम्पन्न

वित्तीय विवरण पारित गर्दै माछापुच्छ्रे क्यापिटलले गर्यो साधारणसभा सम्पन्न
  • १३ कार्तिक २०८१, मंगलवार १९:४७

काठमाडौं। वित्तीय विवरण पारित गर्दै माछापुच्छ्रे क्यापिटलको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

mulpatra


आज बालुवाटारको एक पार्टी प्यालेसमा सम्पन्न साधारणसभाले तीन प्रस्तावमा छलफल गर्दै निर्णय गरेको छ । कम्पनी सञ्चालक समिति अध्यक्ष विश्वम्भर न्यौपाने तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको उपस्थितिमा सम्पन्न साधारणसभाले आर्थिक बर्ष २०८०/०८१ को सन्चालक समितिको पाँचौ बार्षिक प्रतिवेदन पारित गरेको छ । त्यसैगरि आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण, आ.व. २०८१/८२ का लागि लेखापरीक्षक नियुक्तिलगायत प्रस्ताव पारित गरेको छ।

नेपाल धितोपत्र बोर्डबाट २०८१ असोज १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरेर असोज २१ गते योजनासमेत दर्ता गरी स्वीकृतिको प्रक्रियामा रहेको न्यौपानेले जानकारी दिए।
कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ थप टेवा पुग्ने गरी काम गर्ने उनले बताए।

mulpatra mulpatra mulpatra