टाइगर बन्यो सर्वोत्कृष्ट कुकुर

टाइगर बन्यो सर्वोत्कृष्ट कुकुर
  • १५ कार्तिक २०८१, बिहीबार १३:१८

काठमाडौं– यमपञ्चकअन्तर्गत आज कुकुर तिहार । कुकुरलाई मीठामीठा परिकार खान दिएर मनाइँदै छ । नेपाल प्रहरीले पनि कुकुर तिहारलाई विशेष रूपमा मनाएको छ ।

mulpatra

अपराध अनुसन्धानमा सघाउ पुर्‍याउने कुकुरको योगदान र महत्त्वलाई विशेष सम्मान दिएर प्रहरीले कुकुर तिहार मनाएको हो ।

प्रहरी केन्द्रीय कार्यालयमा कुकुरले अनुसन्धानमा कसरी सहयोग गर्छ भन्ने विषयमा पनि प्रदर्शनी गरिएको थियो । त्यस अवसरमा ुटाइगरु नामक कुकुर सर्वोत्कृष्ट घोषित भयो ।

कार्यक्रममा कुकुरलाई पूजा गरी फूलमाला र मिठाई प्रदान गरिएको थियो ।