Close

Recent Posts

सुपारी किसान मर्न वाध्य पार्दैछ ओली सरकार–दुर्गा प्रसाई

सुपारी किसान मर्न वाध्य पार्दैछ ओली सरकार–दुर्गा प्रसाई
  • १७ कार्तिक २०८१, शनिबार १८:००

झापाः केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार सुपारी तस्करीमा लागेको र सुपारी किसानलाई मर्न वाध्य पारेको आरोप दुर्गा प्रसाईले लगाएका छन् ।

mulpatra


उनले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै भनेका छनः ‘झापा, मोरङ, सुनसरी, इलामका सुपारी किसानलाई फेरी मार्ने दाउमा भ्रष्ट ओली सरकार रहेको प्रमाणीत भएको छ । अघिल्लो पटक केपी ओली प्रधानमन्त्री हुँदा ५० करोड घुस र उनका भित्रीया पाण्डेथरका व्यापारीलाई ५ हजार मेट्रिकटनको कोटा लिएर मारवाडी समुदाय लाई २५ हजार मेट्रिकटन सुपारी आयात गर्न दिएकोमा यसपाली १०० करोडको डिल भइरहेको खुल्दै जानेछ यसले पूर्वका किसान मर्ने निश्चित छ । नेपालमा फलेको छँदैछ, उद्योगीलाई १५ हजार टन सिफारीस दिइसक्यो फेरी तस्करीकै लागि सुपारी ल्याउन खोज्नु सेटिङ, कमिसन, भ्रष्टाचार, दलाली अहिलेको सरकारको चरित्र हो भन्ने कुरा पुष्टि गर्दैन र रु तर दुर्गा प्रसाई बाँचिन्जेल यस्ता भ्रष्टहरुलाई उदाङगो पार्न लागिरहनेछ । तेश्रो देशबाट ल्याएर नेपालको भन्दै भारत निकासी गर्ने तस्कर सरकार, त्यसलाई सहयोग गर्ने विचौलिया संस्थाहरु रहिन्जेल किसानहरुको हित नहुने भएकोले तिनीहरुको प्रतिकारमा उत्रन सबै सुपारी किसानलाई अनुरोध गर्दछु ।’

नेपालमा १४ हजार ५ सय मेटिङक टन भन्दा बढी सुपारी उत्पादन हुन्छ । विभिन्न गुट्टा उद्योगहरुका लागि कच्चा पदार्थको रुपमा प्रयोग हुने सुपारी नेपालको उत्पादनले नपुग्ने भनेर नेपाल सरकारले उद्योगीहरुका लागि केही महिना अघि आयात स्वीकृति दिएको थियो ।

mulpatra mulpatra mulpatra


अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २५ हजार मेट्रिक टन सुपारी आयात गर्न दिइएको थियो । दुर्गा प्रसाईले भनेझै केही व्यवसायीले पैसा संकलन गरेर आयात खुलाउन खर्च गरेको कुरा खुल्न आएको थियो । त्यतिखेरै संसद्को दिगो विकास तथा सुशासन समितिअन्तर्गत गठित उपसमितिले सुपारी आयात खुलाउनुमा सरकारी नियत गलत भएको निष्कर्ष निकालेको थियो ।


तर फेरी केजीको २० रुपैयाँ सम्म खर्च गर्ने गरि आयात खुलाउन चलखेल हुनुले झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका हजारौं किसानको फल्दै गरेको सुपारीले उचित मुल्य नपाउने भएको थाहा पाएरै दुर्गा प्रसाईले किसानको पक्षमा भन्दै स्टाटस लेखेको बताएका छन् ।

सुपारी मुख्यतया इन्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ । नेपालमा आयात भएको सुपारीले नेपालको माग धान्ने भएकोले आयात भएको सुपारी भारत तस्करी हुने गरेको छ । २५ हजार मेट्रीकटन सुपारी आयात गर्न दिएवापत कम्तीमा ७५ करोड कमिसन व्यापारीले दिन तयार हुनुले पनि सुपारीमा हुने तस्करीलाई उजागर गरेको छ । व्यापारीले कमिसन दिएरै पनि प्रतिकेजी ७० रुपैया सम्म कमाउने गरेको सुपारी व्यापारीले नै बताउने गरेका छन ।

Image Source: © https://mulpatra.com


यो सिजनको सुपारी भरखर फल्न थालेको छ । अघिल्लो बर्षको सुपारी धेरै खपत भइसकेको केही नगन्य मात्रामा भण्डारण भएको बेला सुपारी निकासीको स्वीकृतिका लागि सुपारी संस्थाका प्रतिनिधिहरु मन्त्रालयमा धाइरहनु, राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समेत सुपारी निर्यात गर्न पाउनु पर्ने विषय उठ्नु र सुपारी आयातको लागि चलखेल हुनु ‘स्याल कराउनु–बाख्रा हराउनु’ जस्तै भएको सुपारी सहकारीका एक सदस्यले बताएका छन ।


उनले भने ‘दुर्गा प्रसाईजीले लेखेको स्टाटस सहि छ, खासमा सुपारीलाई बदनाम गराउने काम मन्त्रालयबाटै भइरहेको छ ।, नेपालमा हाल भण्डार नै छैन सुपारीको अनि सुपारी निकासी गर्न पाउनु पर्यो भनेर माग राख्नु आयात गरेको सुपारी निकासी गर्ने प्रपन्च गर्नु मात्र हो । यसमा सुपारी संस्था, सुपारी जोन र मन्त्रालयको मिलोमतो देखिन्छ त्यसैले नेपालमा उत्पादन भएको सुपारीको भौगोलिक संकेत (GI INDICATION) देखिने गरि निर्यात गर्ने व्यवस्था गर्न जरुरी रहेको छ । कार्यविधि अनुसार जथाभावी उत्पत्तिको प्रमाणपत्रको लागि सिफारीस गर्ने गरिए पछि सुपारी निकासीमा समस्या आएको हो समायानुकुल कार्यविधि फेरिनु जरुरी छ ।’