काठमाडौंमा बर्षाले बढायो चिसो
काठमाडौंः काठमाडौं उपत्यकामा दिउँसो ३ बजे देखि पानी परिरहेको छ । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो ।
आज दिउँसो पनि पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको थियो ।
बर्षासँगै काठमाडौं उपत्यकामा चिसो समेत बढेको छ । दुई दिन देखि राम्ररी घाम नलागेको र उच्च हिमाली भागहरुमा हिउँ समेत परेका कारण पनि काठमाडौंमा चिसो बढ्ने मौसमविदले जनाएका छन् ।
चिसो बढेसँगै साना बालबच्चाहरुमा रुघाखोकी, सर्दी बढ्ने हुनाले सर्तक रहन समेत सुझाएका छन् ।