Close

Recent Posts

देशभर ‘दुर्गा’ राइड–शेयरिङ्गको चर्चा, चुनौती ठान्दै पठाओ, इन्ड्राइभ

देशभर ‘दुर्गा’ राइड–शेयरिङ्गको चर्चा, चुनौती ठान्दै पठाओ, इन्ड्राइभ
  • २३ कार्तिक २०८१, शुक्रबार १५:१९

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राइड–शेयरिङ्ग प्लेटफर्म ‘दुर्गा’ ल्याउने भएका छन् । अहिले राइड–शेयरिङ्ग प्लेटफर्म ‘दुर्गा’को काम भइरहेको छ ।

नेपाली मोटरसाइकल तथा ट्याक्सी चालकहरूका लागि शून्य कमिसनको साथमा राइड–शेयरिङ्ग प्लेटफर्म एप राइड–शेयरिङ्ग प्लेटफर्म ‘दुर्गा’ ल्याउन तयारी भइरहेको हो । यस प्लेटफर्मको आधिकारिक घोषणा मङ्सिर ७ मा काठमाडौँमा आयोजना हुने सभामा गर्ने तयारी गरिएको छ ।

पठाओ, इन्ड्राइभ जस्ता चलेका राइड–शेयरिङ्ग प्लेटफर्मले कमिसनका रूपमा दैनिक तीन चार करोड नेपाली रुपैयाँ विदेश लगिरहेका छन् । यसलाई रोक्न आफुले नयाँ राइड–शेयरिङ्ग प्लेटफर्म ‘दुर्गा’ ल्याएको उनले जानकारी दिए ।

देशभरका ट्याक्सी चालक र दुई लाखभन्दा बढी बाइक राइडरहरूलाई फाइदा पु¥याउने लक्ष्य लिएको र ‘दुर्गा’ मा चालकहरूका लागि जीवनभर रजिस्ट्रेसन शुल्क र कुनै कमिसन शुल्क नलाग्ने उनले बताए । ‘नेपालको पैसा नेपालमै राखौँ, नेपालीहरूले नेपालमै व्यापार गर्नुपर्छ, नेपाल हाम्रो हो, नेपाल नेपालीले चलाउनुपर्छ भन्ने योजना हो । अहिले पठाओवालाहरुले दैनिक कमिसनको नाउँमा दैनिक तीन चार करोड नेपालीको पैसा विदेश लगिरहेका छन् ।’ उनले भने ।

अहिले पठाओ, इन्ड्राइभ स्थापित भए पनि तिनीहरूलाई चुनौती दिँदै दुर्गाले मोटरसाइकल चालक र ट्याक्सी चालकलाई राहत दिने र नेपाली पैसा विदेश जानबाट उद्देश्यले यो सञ्चालनमा ल्याउनु भएपछि चर्चा बढेको छ ।

नेपाली पैसा बाहिर गएपछि नेपाल नै धितोमा राखेर देश चलाउनुपर्ने हुन्छ, कतिन्जेलसम्म धितोमा राखेर चलाउने भनेर उनको प्रश्न छ । नेपालीहरूले नै देश बचाउनुपर्छ, नेपाल बचाउन नेपालमै काम गर्नुपर्छ भनेर हामीले यो अवधारण अघि बढाएर राइड शेयरिङ्ग प्लेटफर्म केही महिनामा सञ्चालनमा आउने प्रसाईको भनाइ छ ।