Close

Recent Posts

प्रसाईसँग फेरी भिड्दै ओलीः आगामी मंसिर ७ मा प्रसाईसँग कार्यक्रम जुधाउँदै एमाले

प्रसाईसँग फेरी भिड्दै ओलीः आगामी मंसिर ७ मा प्रसाईसँग कार्यक्रम जुधाउँदै एमाले
  • २५ कार्तिक २०८१, आईतवार १६:२९

काठमाडौं– गत बर्षको जस्तै आगामी मंसिर ७ गते पनि नेकपा एमाले र राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको कार्यक्रम एकै दिन हुने भएको छ । गत बर्षको मंसिर ७ महाअभियान र एमालेनिकट युवाले एकदिन कार्यक्रम गरेका थिए ।

गत बर्षको मंसिर ७ गते प्रसाईं र नेकपा एमालेनिकट युवा संघले काठमाडौंमा आन्दोलन जुधाएका थिए । त्यति बेला युवा संघको भन्दा प्रसाईको आन्दोलनमा जनता र सर्वसाधारण बढी सहभागि भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नै चुप बस्न बाध्य भए ।

नेकपा एमालेले आगामी ७ मंसिरमा उपचुनाव लक्षित काठमाडौंमै जनसभा गर्ने भएको छ । शनिबार बसेको सचिवालय बैठकले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा काठमाडौंमा जनसभा गर्ने निर्णय गरेको हो । तर स्थान तय भएको छैन ।

राजधानी उपत्यकामा जनसभा सहित शक्ति प्रदर्शनको निर्णय गरेको एमालेले उपचुनाव हुने अरु क्षेत्रमा पनि सम्पूर्ण शक्ति परिचालित गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेको जनसभालाई अध्यक्ष ओली सम्बोधन गर्दै छन् । भने महाअभियानको विशाल जनसभालाई प्रसाईले संम्बोधन गर्दैछन् । गत बर्ष प्रसाईसँग भिडेको महेश बस्नेतको राजनीतिक र समाजदेखि बाहिरिने अवस्थामा पुगेका छन् ।

प्रसाईको आन्दोलनमा व्यापारी, उद्योगपति, मजदुर, यातायात व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, सेना, प्रहरी, विद्यार्थी, शिक्षक, विभिन्न राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सहभागि हुन आग्रह गरिएको छ ।

एमालेको भने उपचुनावको जनसभा भनिएको छ । राजनीतिक दलका कार्यकर्ता र सरकार स्वयमले गरेको केही कामबाट दुर्गा प्रसाईलाई एउटा अलग्गै शक्तिकेन्द्रमा रुपमा स्थापित गरिसकेको छ । दुर्गा प्रसाईको प्रर्दशन देखि केपी ओली नेतृत्वको सरकारलाई पुरै डर भएको देखिन्छ ।

पछिल्लो प्रसाईको सडक आन्दोलन र प्रदर्शनबाट नै स्थापित अहिलेको गणतन्त्र र राजनितिक दलको सत्ताले त्यही सडक आन्दोलन गर्न प्रसाईलाई अवरोध गरिरहेका छन् । भने एमाले अध्यक्ष केपी ओली नै प्रसाईका हरेक सडक आन्दोलनमा अवरोध गर्न प्रहरी प्रशासनका दुरुपयोग गरिरहेका छन् ।

लोकतन्त्रमा सडकमा उभिएर आफ्ना कुरा राख्न पाउने र बिरोध प्रदर्शन गर्न पाउने गणतान्त्रिक राज्यको मूल मर्ममाथी नै ओली सरकारले घात गरेको छ । त्यसमा सत्ता गणबन्धनका दल र बिपक्षी दलको समेत सरकारलाई स्पष्ट साथ र समर्थन रहेको देखिन्छ ।

मंसिर ७ मा झापाली व्यवसायी दुर्गा प्रसाईले काठमाण्डौ केन्द्रीत गर्ने भनिएको प्रदर्शनका बिषयलाई लिएर सरकार र राजनितिक दलबाट जे जस्ता कार्य भइरहेको छ त्यसले यो व्यवस्था दुर्गा प्रसाई एक्लैले पल्टाउँछन कि भन्ने त्रास राजनितिक दलका नेतृत्वमा त्रास छ ।

लोकतन्त्र आएपछि आम नेपालीको जीवन कष्टकर बन्दै गए पछि भने नेपाली राजनितिका मुलधारका दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी र मधेश केन्द्रीत दलहरु प्रति आम नेपाली जनताको बितृष्णा सिर्जना भएको छ ।

प्रसाईले उठाएका आवाज जनताले मन पराउन थालेका छन् । सनातन हिन्दु धर्म कायम गर ,संघियता खारेज गर ,बैङक तथा वित्तीय संस्थाको ज्याजदति बन्द गर ,धर्म, संस्कार ,संस्कृतिको संरक्षण गर ,म जे गर्छु नेपालमै गर्छ,कृषि उत्पादनलाई बजार व्यवस्थापनको ग्यारेन्टी गर, वैदिक सनातनसहितको हिन्दुराज्य कायम गर, गिता मेरो मार्गदर्शन हो र वैदेशिक रोजगारीको विकृत्ति रोक्न प्रयासले आम आवाज उठाउँदै आएका छन् ।