Close

Recent Posts

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

जनतासँग त्रसित प्रधानमन्त्री ओली प्रसाईमाथि नचाहिँदो राजनीतिक प्रतिशोध साँध्दै

जनतासँग त्रसित प्रधानमन्त्री ओली प्रसाईमाथि नचाहिँदो राजनीतिक प्रतिशोध साँध्दै
  • २७ कार्तिक २०८१, मंगलवार १४:५७

काठमाडौं– पछिल्लो समय जनतामाझ प्रसाईको राजनीतिक प्रभाव बढ्न थालेपछि पार्टीहरुले उनीमाथि राजनीतिक प्रतिशोध साँध्न थालेका छन् । प्रसाई जनतामाझ लोकप्रिय हुँदै गएपछि सबैभन्दा ठुलो राजनीतिक प्रतिशोध एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली साँध्न थालेको स्पष्ट देखिन्छ ।

mulpatra

आफनो कार्यक्रममा पत्रकार प्रवेशमा रोक लगाउन थालेका प्रधानमन्त्री ओलीले प्रसाईसँग भने व्यक्तिगत इगोमा राजनीतिक प्रतिशोध देखाइरहेका छन् । ओली प्रसाईलाई बिनाकारण दुख दिने बनावटी मुद्धा र उनलाई कानुनी समस्या सिर्जना गर्ने बाटो खोजीरहेको प्रहरी स्रोतले जनाएको छ ।

सार्वजनिक कार्यक्रममा हिड्ने डराउन थालेको ओली पछिल्लो समय फेरी बिनाकारण प्रसाईलाई अर्को झुटो मुद्धा लगाएर फसाउने प्रपञ्च रच्ने थालेको ओलीनिकट नेताहरु नै बताउँछन् । प्रसाईले दुई बर्षअघि एमालेले महिलामाथि गरेको दुरुव्यवहारको विषयमा सार्वजनिक अभिव्यक्ति दिएका थिए । यस विषयलाई ओलीले इष्यु बनाउन आफुनिटक नेतासँग छलफल गरिरहेको एमालेकै नेताहरुले बताइरहेका छन् ।

mulpatra mulpatra mulpatra

प्रसाईले मात्र होइन । एमालेले आफना महिला कार्यकर्तामाथि गरेको दुरुव्यवहारको आवाज ओलीकै पार्टी र अन्य राजनीतिक दलले समेत सार्वजनिक रुपमै बोलेका थिए । तर यस विषयमा ओलीले प्रसाईसँग झुटो प्रतिशोध साँध्ने तयारीमा छन् ।

गत असोजमा ओलीकै निर्देशनमा प्रसाईलाई सामान्य मुद्धामा पक्राउ गरिएको थियो । उनले प्रसाईलाई नाम तोकेर बोल्दै नबोलेको विषयमा पक्राउ गराएका थिए । त्यतिबेला प्रसाईलाई पक्राउ गरिएकोप्रति ओलीसँगै जनता असन्तुष्ट देखिए । ठुलो संख्यामा जनता सडक आन्दोलनमा उत्रिए । भने प्रसाईलाई अदालत निर्दोष ठहर गरी सफाइ दिएको थियो ।

प्रसाईले दुई बर्षयता देश र जनताका बारेमा आवाज उठाउँदै आएका छन् । उनको आवाज विरोधमा सबैभन्दा बढी एमाले र कांग्रेसका नेताहरु परे । नपरुन पनि किन तस्करी, गुन्डागर्दी र अवैध कारोवारमा यीनै पार्टीका नेता तथा कार्यकर्ता बढी छन् । त्यही भएर पनि प्रसाईको आवाज दबाउन सबैभन्दा बढी एमालेका नेता लागे ।

Image Source: © https://mulpatra.com

प्रसाईले नेपालमा केही मारवाडी व्यापारीको विकृति र आर्थिक अनियमितमाथि प्रश्न उठाएपछि सबैभन्दा बढी एमालेका शीर्ष नेताहरु उनीसँग बिच्किए । त्यसपछि एमालेका अध्यक्ष केपी ओलीले नै प्रसाईलाई आक्रमण गर्न युवालाई उकास्न थाले । गत बर्ष प्रसाईमाथि युवा संघका केही कार्यकर्ताले कालोमसो दल्न प्रयास पनि गरे ।

ओली सरकारमा गएपछि सबैभन्दा बढी राजनीतिक दबाब प्रसाईमाथि देखाउने प्रयासमा लागेको एमालेनिटक नेताहरु बताउँछन् । यसको एमालेभित्र पनि विरोध भइरहेको छ । प्रसाईलाई राजनीतिक प्रतिशोध साँध्दा घाटा एमाले र यही पार्टीका अध्यक्ष ओलीमाथि परिरहेको प्रष्ट देखिन्छ ।

प्रसाईले आगामी मंसिर ७ मा व्यवस्था बदल्ने आन्दोलनको घोषणा गरेका छन् । एमालेले पनि प्रसाईसँग यस बर्षपनि कार्यक्रम जुधाउने गरी आमसभाको घोषणा गरेको छ । गत बर्षको मंसिर ७ मा पनि एमालेनिटक युवा संघले प्रसाईसँग कार्यक्रम जुधाएको थियो । त्यतिबेला युवा संघको भन्दा प्रसाईको विरोध सभामा ठुलो संख्यामा सर्वसाधारण भेला भएका थिए । त्यसपछि ओली पनि मौन बस्न बाध्य भए ।