Close

Recent Posts

पुरानै बील अनुसार बक्यौता तिर्न प्राधिकरणको ताकेता, मंसिर १२ अन्तिम समयसिमा

पुरानै बील अनुसार बक्यौता तिर्न प्राधिकरणको ताकेता, मंसिर १२ अन्तिम समयसिमा
  • २९ कार्तिक २०८१, बिहीबार १५:३०

काठमाडौैं– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगहरूलाई पुरानै बील अनुसारको बक्यौता महसुल तिर्न ताकेता गरेको छ । निकै चर्को राजानीतिक रस्साकस्सीपछि बुधबार साँझ आकस्मिक पत्रकार सम्मेनल गरेर प्राधिकरण प्रमुख कुलमान घिसिङले महसुल उठाउने दोहोराएका थिए ।

mulpatra

बिहीबार नै गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै उद्योगहरुलाई थप १५ दिनको समय दिइएको छ । सूचनामा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१।०७।२५ को बैठक र नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति २०८१।०७।२७ को ९८७ औँ बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको छ ।’

सोही अनुरूप वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता तिर्न भनिएको छ । प्राधिकरणले टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी१, टी२ र टी३ टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल सबै उद्योगलाई पठाइसकेको दोहोराएको छ ।

mulpatra mulpatra mulpatra

‘अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन (अर्थात् २०८१ मङ्सिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ’, प्राधिकरणले प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने व्यहोरा समेत जानकारी गराइन्छ ।’

सरकारले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै टीओडी (टाइम अफ डे) मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो ।