Close

Recent Posts

नेपाल उद्योग बाणिज्य महासंघले गर्यो लघु घरेलु, साना एवं मझौला उद्यम विकास केन्द्रको उद्घाटन

नेपाल उद्योग बाणिज्य महासंघले गर्यो लघु घरेलु, साना एवं मझौला उद्यम विकास केन्द्रको उद्घाटन
  • ३ मंसिर २०८१, सोमबार २१:४६

काठमाडौं । नेपालको समग्र आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको घरेलु तथा साना उद्योगको समग्र विकासका लागि नेपाल उद्योग बाणिज्य महासंघमा लघु घरेलु, साना एवं मझौला उद्यम विकास केन्द्रको स्थापना भएको छ ।

mulpatra


सोमबार राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनी, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण राउत र महासघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उक्त केन्द्रको स्थापना गरेका हुन ।


कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ९० प्रतिशत घरेलु तथा साना उद्योगहरु रहेका र करिब ३० लाख भन्दा बढी रोजगारी यसै क्षेत्रले प्रदान गरेको र कुल ग्राहस्थ उत्पादनको २२ प्रतिशत हाराहारी योगदान रहेको लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन आजको आवश्यकता रहेको बताउनु भएको छ ।

mulpatra mulpatra mulpatra


घरेलु तथा साना उद्योग क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान, रोजगारी सिर्जना, परम्परागत सिप संस्कृतिको जगेर्ना, उच्च मुल्य अभिवृद्धि सहितको निकासी प्रवद्र्धनमा सहयोग गर्न उक्त केन्द्रको स्थापना गरिएको घरेलु तथा साना उद्योग विकास समितिका सभापनि नरेन्द्र खड्काले जानकारी दिनुभएको छ ।


नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गतको उक्त समितिले लघु, घरेलु तथा साना उद्योग स्थापना, सन्चालन तथा अन्य परामर्श दिने गरि यसअघि पनि पुस्तिका प्रकाशन गरेको थियो । त्यसैगरि महासंघका जिल्ला तथा शाखा कार्यालयहरुमा लघु, घरेलु तथा साना उद्योग डेक्स स्थापना गरि लघु, घरेलु तथा साना उद्योग सम्बन्धी सल्लाह प्रदान गर्ने, समस्याहरुको समाधान गर्न पहल गर्ने, कानुनी सल्लाह प्रदान गर्न शूरुवात गरेको उक्त कार्यक्रममा जानकारी गराइएको छ ।


हाल स्थापना गरिएको केन्द्रले उत्पादन क्षमता बढाउन र गुणस्तर सुधार गर्न प्राविधिक सल्लाह तथा उपकरणहरु उपलब्ध गराउने, आधुनिक उत्पादन प्रविधि र प्रयोग, उत्पादित वस्तुहरुको स्वदेशी तथा विदेशी बजारमा सहज पहुँच लगायतका व्यापार प्रवर्धनमा सहयोग पुर्याउने काम गर्ने महासंघका कार्यकारी अधिकृत गोकर्ण अवस्थीले जानकारी दिनुभएको छ ।

Image Source: © https://mulpatra.com


नयाँ व्यवसायिक उद्यमहरुको पहिचान गर्न, नवप्रवर्तकलाई प्रोत्साहन तथा सहयोग गर्न, निर्यातलाई प्रोत्साहन गर्न आवश्यक सहयोग समेत गर्ने गरि उद्यम केन्द्रको स्थापना गरिएको जनाइएको छ ।