प्रसाईकै प्रदर्शन ठुुलो: ओलीले लाख र प्रसाईकोमा २० जनता भेला हुनु उस्तै
काठमाडौं-राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्यसहित नेकपा एमालेले काठमाडौंमा आयोजना गरेको छ । एक लाखभन्दा बढी नेता कार्यकर्ता सडकमा उतार्ने दाबी गरेको एमाले करिब ३० हजार जनता मात्र जागरण सभामा भेला भएका थिए ।

राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध गरेको कार्यक्रममा एमालेका शीर्ष नेताहरुले देशमा अराजकता बढ्यो । एमालेमाथि आक्रमण भएको आरोप लगाए । तर कसले र किन आक्रमण गरेको भने खुलाएनन् ।
एक लाख जनता भेला गर्ने भनेको एमालेले त्यति नेता कार्यकर्ता भेला नभएपछि एमालेका शीर्ष नेता सभा खासै खुशी देखिएनन् ।
नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्षले पनि आज काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रसाई नेतृत्वको कार्यक्रममा २० हजारभन्दा बढी जनता सडकमा भेला भएका थिए ।
प्रसाई अहिले साइबर अपराधको कसुरमा पक्राउ परी साइबर ब्युरोको हिरासतमा छन् । तर उनको पूर्व निर्धारित प्रदर्शन भने रोकिएन । प्रसाईंका पक्षधरलाई प्रशासन कार्यालयले काठमाडौंको कोटेश्वरमा कार्यक्रमका लागि अनुमति दिएको छ ।
सरकारमा सहभागी एमालेले प्रहरी प्रशासनका आडमा कार्यक्रम गरेको छ । यता प्रशासनको दबाबबीच प्रसाईको पक्षमा २० हजारभन्दा सर्वसाधारण कार्यक्रममा भेला भएका थिए ।
![]() |
![]() |
![]() |
|---|
एमालेको कार्यक्रममा एक लाख भेला हुनु र प्रसाईको कार्यक्रममा २० हजार सवसाधारण भेला हुनु उस्तै भएको राजनीतिक बृत्तमा चर्चा छ । एमाले सरकारमा रहेको पार्टी भने प्रसाई अहिलेको व्यवस्था बदल्न हिडेका महाअभियानका संयोजक हुन् । त्यही भएर पनि प्रसाईको कार्यक्रमलाई अर्थपुणर् हेरिएको छ ।
पक्राउको विरोधमा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गर्दैछ । आफनो कार्यक्रमभन्दा प्रसाईको कार्यक्रममा धेरै जनता सहभागि हुन्छन् भनेर प्रधानमन्त्री ओलीले प्रसाईलाई मिथ्या आरोपमा पक्राउ गराएका थिए ।



