सभामा फोहोर गरेपछि महानगरले गर्यो एमालेलाई १ लाख जरिमाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा (एमाले) ले गरेको सभामा फोहोर गरेवापत एक लाख रुपैयाँ जरिवाना गराएको छ ।
आज शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।
‘दरबारमार्ग स्थिति खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकाले’ जरिवाना गरिएको पत्र लेख्दै महानगरले भनेको छ
फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।

महानगरको पत्र तल हेर्नुहोसः

