१ महिनामा १ खर्ब १२ अर्ब बढी व्यापार घाटा
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक विवरण अनुसार नेपालको व्यापार घाटा बढीरहेको देखाएको छ । पहिलो चार महिनामा नेपालले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चौमासिक विवरण अनुसार वैदेशिक व्यापारमा यस अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैषाँ बराबरको आयात र ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको निर्यात भएको हो ।
यसरी कूल ५ खर्ब ६६ अर्ब पाँच करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापारमा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ घाटा देखिएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले बढेको छ ।
