Close

Recent Posts

प्रसाईलाई जेलमै कैफियत गर्न प्रधानमन्त्रीको निर्देशन, प्रहरीको तयारी

प्रसाईलाई जेलमै कैफियत गर्न प्रधानमन्त्रीको निर्देशन, प्रहरीको तयारी
  • ९ मंसिर २०८१, आईतवार १५:२३

काठमाडौं-गत साता सरकारले मिथ्या आरोपमा मेडिकल व्यवसायी तथा नागरिक बचाउ दुर्गा प्रसाईलाई पक्राउ गरेको थियो । प्रधानमन्त्री केपी ओलीले विभिन्न वाहानामा प्रसाईलाई जेलमै हाल्न प्रहरीलाई निर्देशन दिएका थिए । यतिसम्म कि प्रसाईलाई जेलमै सडाउन सम्मको निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।

mulpatra

प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार विद्युतीय कारोबार ऐनको व्यवस्थाबमोजिम पक्राउ पुर्जी जारी गरेको थियो । भने उनीविरुद अहिले सरकारी वकिलको कार्यालयमा बहस भइरहेको छ । प्रसाईलाई ओलीले एकपछि अर्को मुद्दा लगाएर फसाउन प्रहरीलाई निर्देशन दिएको प्रहरीकै कर्चमारीहरुको आरोप छ ।

केपी शर्मा ओलीको कम्बोडियाको एक कम्पनीमा प्रधानमन्त्रीको लगानी रहेको प्रमाण भएको दाबी गरिएको एक भिडियो सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

mulpatra mulpatra mulpatra

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको स्मार्ट एजियाटा कम्पनीमा २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको बताएका थिए । यो आरोपपछि एमालेका नेताहरु कम्बोडिया तिर दौडधुपमा छन् ।

प्रसाईंको फेसबूक पेजबाट भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो, जसमा उनले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाएका छन् । प्रसाईंले भिडिओमा प्रमाणका रुपमा प्रसाईले केही कागजातहरू पेस गरेका थिए । यस विषयमा अहिले अन्तरराष्ट्रियस्तरमा चर्चा र बहस भइरहेको छ । भने ओलीको कम्बोडियामा सम्पति भएको एमालेकै नेताहरुको पनि आशंका छ । ओलीले यस विषयमा नचाहिँदो अभिव्यक्ति दिइरहेका छन् ।