मृत्युपछि मानवअंग दान गर्न चाहने दाताका परिवारलाई १ लाख थप गरियो

मृत्युपछि मानवअंग दान गर्न चाहने दाताका परिवारलाई १ लाख थप गरियो
  • ९ मंसिर २०८१, आईतवार १९:५५

काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयले मृत्युपछि मानवअंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

mulpatra

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विगतमा मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई एक लाख रुपैयाँ दिने गरिएको मा एक लाख थप गरि दुई लाख दिने निर्णय गराएका छन् ।

मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ।

mulpatra mulpatra mulpatra

अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ।

विद्यमान कानूनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अंगदान गर्न पाउँदैनन्। तर मृत्युपश्चात दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ। मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरू जिवितलाई प्रत्यारोपण गर्न सकिन्छ।

सचेतनाका कारण हाल अंग दान गर्नेको संख्या कम भएकाले रकम थपेर २ लाख पुर्याएपछि दान गर्नेको संख्या वृद्धि हुनेर धेरैको ज्यान बचाउन सक्ने मन्त्रालयको बुझाई छ ।

Image Source: © https://mulpatra.com