Close

Recent Posts

ट्रङ्क लाइन विवादः उद्योगीको शेयर र बैंक खाता रोक्का

ट्रङ्क लाइन विवादः उद्योगीको शेयर र बैंक खाता रोक्का
  • १२ मंसिर २०८१, बुधबार २१:३१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महसुल नतिर्ने ३४ वटा उद्योगको बैक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

mulpatra


नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन वापतको महसुल नतिर्ने उद्योगको बैक खाता र शेयर विक्री रोक्का राख्न पत्राचार गरिएको जानकारी गराएका छन् ।


डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन वापतको महसुल असुल गर्न पटक पटक लाइन काट्दा पनि राजनीतिक र सत्ताको आडमा व्यवसायिले रकम तिर्न आनाकानी गरिरहेका बेला मन्त्री अध्यक्ष रहने प्राधिकरण सन्चालक समिति र विद्युत नियमन आयोगले लाइन नकाट्नु भनेर दबाब दिएपछि कुलमानले नयाँ बाटो अपनाएका छन् ।

mulpatra mulpatra mulpatra


उनले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका छन् । पत्रमा बक्यौता नबुझाउने उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर जारी गर्न, हक हस्तान्तरण गर्न र धितो बन्धक दिन नपाउने गरी रोक्का राखी बक्यौता महसुल असुल उपर गर्न सहयोग गरिदिन कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पनि अनुरोध गरिएको छ ।