Close

Recent Posts

दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्नुः सर्वोच्च

दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्नुः सर्वोच्च
  • १३ मंसिर २०८१, बिहीबार १७:४७

काठमाडौं–सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको व्यवस्था गर्न आदेश गरेको छ ।

mulpatra


राजनीतिक कोपभाजनमा परेका व्यवसायी दुर्गा प्रसाईलाई सरकारी अस्पतालले कुनै रोग नभएको भन्दै लिन नमानेको पहिले नै सार्वजनिक भइसकेको थियो । कम्बोडियामा लगानी रहेको भिडीयो सार्वजनिक गरेपछि सरकारको नेतृत्व गरेको दल एमालेका प्रधानमन्त्री केपी शर्मा ओली नै दुर्गा प्रसाईलाई जसरी पनि जेलमा राख्ने दाउमा देखिएका छन् ।


राजनीतिक दलका नेता वा उच्च पदस्थ दलसँग आबद्ध व्यक्ति पक्राउ पर्ने वित्तिकै सुविधा सम्पन्न हस्पिटलमा बसाउने गरेपनि क्यान्सर पिडीत भनेर सारा नेपालीले जाने पनि उनलाई उचित उपचारका लागि अस्पतालमा राख्न दिन आनाकानी गर्नुले उनलाई दुःख दिने नियत रहेको प्रसाई नजिकका व्यक्तिहरुको भनाई छ ।

mulpatra mulpatra mulpatra


सर्वोच्चले आज निर्णय सार्वजनिक गर्दै ‘बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज हुने ठहरे पनि यी निवेदकलाई काठमाडौँ जिल्ला अदालतबाट मिति २०८१।०८।०९ मा हिरासतमा राख्ने अनुमति प्रदान गर्दा निवेदक निज दुर्गा प्रसाईँ क्यान्सरको बिरामी रहेको भनी उल्लेख गरेकोले सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन समेत दिएको छ।


प्रसाईले गत साता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको ३२ अर्ब कम्बोडियामा लगानी रहेको भन्दै भिडियो सार्वजनिक गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पक्राउ गरेको थियो ।


प्रसाईले ओलीको कम्बोडियामा लगानी रहेको सार्वजनिक गरेपछि चौतर्फी रुपमा त्यसको छानविन हुनु पर्ने माग उठ्न थालेको छ । विपक्षी दलहरुले समेत छानविन गर्नुपर्ने माग गरिरहेको बेला सरकार छानविनमा लाग्नुको सट्टा प्रसाईलाई जेलमै थुनेर भएपनि घटना थामथुम पार्ने प्रयासमा रहेको प्रसाईका छोराले समेत आरोप लगाएका छन् ।

Image Source: © https://mulpatra.com