Close

Recent Posts

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको विजयी सुरूआत

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको विजयी सुरूआत
  • १५ मंसिर २०८१, शनिबार १८:०७

काठमाडौं । शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले विजयी सुरूआत गर्न सफल भयो।

mulpatra

लहिरु मिलान्था र हर्ष थाकेरको शतकीय साझेदारीप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १२८ रनको मध्यम लक्ष्य जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । १५.३ ओभरमा १२७–२ को स्थिति हुँदा थाकेरले चौका प्रहार गर्दै जनकपुरको जित पक्का गरेका थिए ।

mulpatra mulpatra mulpatra

विराटनगरलाई सस्तैमा समेट्न जनकपुरका ललितनारायण राजवंशीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका ललितले २८ रन खर्चिए । किशोर महतो र हर्ष थाकेरले समान दुई विकेट लिए । मोहमद मोहसिन र बेन माइकको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा सोमबार (पर्सि) दुई खेल हुनेछन् । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।