शक्तिको आडमा कम्बोडिया काण्ड लुकाउँदै ओली, स्पष्टीकरण नदिइ प्रसाईमाथि मुद्दा थप्दै
काठमाडौं–नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी ओलीमाथि कम्बोडिया लगानी भएको आरोप लगाएका थिए ।

प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए । यस विषयमा प्रधानमन्त्री ओलीले अहिलेसम्म स्पष्टीकरण दिएका छैन । तर ओली यसै मुद्दामा फसाउन अनेक सयंन्त्र रच्न थालेको प्रहरीहरु नै बताउँछन् । हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा छन् ।
सीआईबी प्रहरी स्रोतले विभिन्न मुद्दा लगाउन प्रधानमन्त्रीको निर्देशन आएको बताइरहेको छ । प्रसाईले लगाएको आरोपमा ओलिले अहिलेसम्म कम्बोडियाको विषयमा स्पष्टीकरण दिएका छैन । भने उनले गत मंसिर ७ गतेको चुनावी सभामा समेत प्रष्ट जवाफ दिएनन् । ओली स्पष्टीकरण र छानबिन गर्नुको साटो शक्तिको आडमा मुद्दा दबाउन लागि परेका छन् ।
![]() |
![]() |
![]() |
|---|
ओलीले अहिले प्रहरी प्रशासन लगाएर प्रसाई धेरै मुद्दा लगाउने प्रयासमा छन् । उनी चीन भ्रमणमा रहेपनि नेपालमा प्रहरीलाई फोन गरेर जतिसक्दो प्रसाईमाथि मुद्दा लगाउन निर्देशन दिइरहेको प्रहरीनै बताउँछन् ।
अहिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा प्रसाईले कम्बोडियामा ओलीको लगानी छ भनेर देखाएको भिडियोको छानबिन समिति र स्पष्टीकरण दिनुपर्ने माग भइरहेको छ । तर यस विषयमा एमाले र ओलीले केही प्रतिक्रिया दिएका छैन ।
प्रसाईंले सोमबार प्रधानमन्त्री ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।
सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको भन्दै प्रहरीले अनुसन्धान समेत बढाइरहेको छ । प्रहरीले फर्जी भने पनि यसको अहिलेसम्म प्रमाण जुटाउन सकेको छैन ।
Image Source: © https://mulpatra.com
प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबीसहित गत सर्वोच्च अदालतमा आइतबार निवेदन दर्ता गराएका थिए ।



