Close

Recent Posts

मलेसियामा महँगी, मारमा नेपाली कामदार

मलेसियामा महँगी, मारमा नेपाली कामदार
  • २३ मंसिर २०८१, आईतवार १३:२७

काठमाडौं–मलेसियामा आगामी फेब्रुअरीदेखि हुने कामदारको न्यूनतम तलब वृद्विसँगै महँगी कति प्रतिशतले वृद्वि होला ? अहिले यो चर्चाको विषय बनेको छ ।

mulpatra

मलेसियामा कामदारको मासिक तलब न्यूनतम २३ सय मलेसियन रिंगेट हुनुपर्ने केही ट्रेड युनियनहरूको चर्को दबाबका बीच प्रधानमन्त्री अनवर इब्राहिमले सन् २०२५ को बजेट प्रस्तुत गर्दा आगामी फेब्रुअरीदेखि मासिक न्यूनतम तलब १७ सय रिंगेट हुने घोषणा गरेका थिए ।

हाल मलेसियामा प्रतिमहिना १५ सय रिंगेट न्यूनतम तलब छ । ५ जनाभन्दा कम कर्मचारी भएका रोजगारदाताका लागि ६ महिना ढिलो अर्थात् आगामी अगस्टदेखि न्यूनतम पारिश्रमिक लागू गर्न पाउने बजेटमा व्यवस्था गरिएको छ ।

mulpatra mulpatra mulpatra

न्यूनतम तलब वृद्वि १३ प्रतिशतभन्दा केही बढी छ । विश्लेषकहरूले कामदारको तलबमा १३ प्रतिशतभन्दा केही बढी वृद्वि भएपछि त्यसले कम्तीमा ५ प्रतिशत महँगी बढाउने अनुमान गरेका छन् ।

मलेसियाको जोहरबारुमा रहेको भारतीय मुस्लिम उद्यमी संघका सचिव हुसेन इब्राहिमले रेस्टुरेन्टहरूले जनवरीदेखि नै खानाको मूल्य कम्तीमा ५ प्रतिशतले बढाउने योजना बनाएका सार्वजनिक गरेका छन् ।

कच्चा सामानको मूल्य वृद्धि र फेब्रुअरीबाट लागू हुने नयाँ न्यूनतम पारिश्रमिकपछि थप मूल्य वृद्वि गर्न बाध्य हुने उनको भनाइ छ । विदेशी कामदारहरूलाई पनि कर्मचारी संचय कोष (ईपीएफ)मा जोड्नुपर्ने बाध्यताले व्यवसाय संचालन लागतमा थप वृद्धि गर्ने भएकाले मूल्य वृद्विको विकल्प नभएको उनको भनाइ छ ।

Image Source: © https://mulpatra.com