Close

Recent Posts

टिकटक चलाउन छाडेर गायब भए आयुष र एलिजे

टिकटक चलाउन छाडेर गायब भए आयुष र एलिजे
  • २४ मंसिर २०८१, सोमबार १७:०८

काठमाडौं– चर्चित टिकटकर आयुषसिंह ठकुुरी र एलिजे जमाली टिकटकबाट गायब भएका छन् । उनीहरुको आधिकारिक टिकटक खाता अहिले देखिँदैन । उनीहरु आफैले एकाउन्ट डिएक्टिभ गरेका हुन् कि टिकटकले खातालाई प्रतिबन्ध लगाएको हो, यो भने खुलेको छैन ।

mulpatra

सोमबारदेखि टिकटक प्लाटफर्ममा उनीहरुको एकाउन्ट देखिएको छैन । नेपालका ठकुरीलाई टिकटकमा १३ लाखले पछ्याएका थिए भने पाकिस्तानकी युवती जमालीलाई २२ लाखले पछ्याएका थिए । एलिजे र आयुष पछिल्लो समय नेपालका चर्चित टिकटकर हुन् । दुबईमा बसोबास गर्दै आएका यी दुईले केही महिनाअघि इन्गेजमेन्ट समेत गरेका थिए ।

गतसाता आयुषले नयाँ घर किनेको खबर सार्वजनिक भएको थियो । त्यसपछि उनकी आमा नानुसिंह ठकुरीसँगको विवादलाई लिएर आयुष टिकटकमा ट्रोल बनिरहेका छन् । सामाजिक संजाल प्रयोगकर्ताको आलोचनाको केन्द्रमा उनी छन् । यो पृष्ठभूमिमा उनीहरु टिकटकमा देखिन छाडेका हुन् ।

mulpatra mulpatra mulpatra