प्रसाईविरुद्ध बयान दिने फुँयाल नक्कली आरोपित भएको वकिलकै आशंका
काठमाडौं–भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुँयालविरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान भइरहेको छ ।

उनीसँग नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईको सम्र्पक नभएको प्रसाईका वकिलहरुले आशंका गरेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा खडा गरिएको हुनसक्ने सरकारी वकिल कार्यालयका एक वकिलले जानकारी दिए ।
ती वकिलअनुसार सोमबार सरकारी वकिल कार्यालयमा लिएको बयानमा हरिचन्द्र फुँयालले व्यक्तिगत रुपमा प्रसाईसँग चिनजान नभएको पनि बयान दिएका थिए । उनले बयानमा प्रसाईसँग पैसा लिएको पनि अस्वीकार गरेका थिए । तर सीआईवी प्रहरीले भने प्रसाईसँग पैसा लिएको भन्ने गरि बयान लिएको छ ।
![]() |
![]() |
![]() |
|---|
पछिल्लो समयमा केही मिडियाहरुले प्रसाईले भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीलाई धम्क्याउने गरेको समाचार भन्दै सिआईवीको स्रोत भन्दै समाचार लेखेका छन् । यसम विषयमा प्रसाईको सचिवालयले खण्डन समेत गरेको छ ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर प्रसाईले धम्क्याएको विषयमा सत्यता नभएको सीआईवी प्रहरीका एक प्रहरीले जानकारी दिए । ती कर्मचारीका अनुसार नामै लिएर धम्क्याएको केही आधार र प्रमाण छैन । प्रसाईसँग फोनमा कुराकानी भएको हो । यस्तो सामान्य विषय भएको उनको भनाइ छ ।
प्रसाई र हरिचन्द्र फुँयालबीच त्यस्तो चिनजान र उनीहरुबीच भेटघाट समेत भएको छैन । महाअभियानका क्रममा जो कोहीले फोन गर्न सक्ने र सामान्य आर्थिक सहयोग माग्ने गरेको प्रसाईनिटक व्यक्तिहरुले जानकारी दिए ।
Image Source: © https://mulpatra.com
सोमबार सीआईबीले आपराधिक लाभ (एक्सटर्शन)को कसुरमा अनुसन्धान गर्न सीआईवी लगिएको प्रहरीले जनाएको छ । तर यसमा मुद्दा चलाउन आधार नभएको वकिलहरुको तर्क छ । साथै प्रसाईलाई यही मुद्दासँग जोडेर अर्को मुद्दा पनि प्रहरीले चलाउने तयारीमा छ ।
प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो । प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा साढे ३२ अर्ब लगानी भएको प्रसाईले अभिव्यक्ति दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । अहिले प्रसाईमाथि सिमा बाहिर प्रहरीले अनुसन्धान गरेर दुख दिइरहेको छ ।



