प्रसाईसँग इगो साँध्दा आफनै गृहजिल्ल्ला जान ओलीलाई ठुलो संख्यामा प्रहरी परिचालन गर्नुपर्ने अवस्था
काठमाडौं–दुई बर्षयता नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेपालमा राजनीतिकका कारण उत्पन्न विकृत्ति र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन थाले । यसको सबैभन्दा ठुलो असर एमाले अध्यक्ष केपी ओली र उनले नेतृत्व गरेको एमाले पार्टीमा देखियो ।

प्रसाईले महाअभियानमार्फत देशभित्र देखिएको विकृति, राजनीतिक दलका शीर्ष नेताले गरेको दमन, भ्रष्टाचार र शोषणविरुद्ध आवाज उठाए । त्यसपछि उनीमाथि प्रहरी र सरकार दुवै खनिन थाले ।
गत बर्ष एमालेको भातृसंगठन युवा संघका केही कार्यकर्ताले काठमाडौंमा प्रसाईलाई कालोमासो दल्ने प्रयास गरे । प्रसाईमाथि कालोमासो दल्न प्रयास गरेपछि ओली र एमालेलाई जनताले गाली गर्न थाले । त्यसपछि गत बर्षको मंसिर ७ गते प्रसाईसँग युवा संघले कार्यक्रम जुध्यो । प्रसाईसँग कार्यक्रम जुध्याएको युवा संघले ठुलो अपमान सहनुप¥यो ।
![]() |
![]() |
![]() |
|---|
युवा संघको तीन हजार कार्यकर्ता जम्मा हुँदा प्रसाईको कार्यक्रममा कम्तिमा ४० हजार जनता भेला भएका थिए । त्यसपछि लामो समय युवा संघको नेतृत्व गरेका एमाले नेता महेश बस्नेतको राजनीतिक नै धराप पुग्यो । भने उनीपनि आफनो गृहजिल्ला भक्तपुरमा राजनीतिकबाट सकिने अवस्थामा पुगे ।
प्रसाईले सुरु गरेको भ्रष्टाचार र राजनीतिक विकृतिको नागारिक बचाउ महाअभियानमा अहिले २० लाखभन्दा बढी जतना जोडिएका छन् । उनको महाअभियानमा जनताले अस्था देखाउनपछि प्रसाईविरुद्ध सबैभन्दा बढी एमालेका अध्यक्ष ओलीले उभिन थाले । ओलीले सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कतिपटक प्रसाईलाई पक्रिन आग्रह गरे । त्यो सम्भव नभएपछि कांग्रेससँग मिलेर सरकारमा पुगेपछि प्रसाईलाई पक्रिन तानाबाना बुन्न थाले ।
उनी प्रधानमन्त्री भएपछि प्रसाईलाई झुटो मुद्दामा दुई पटक पक्रिए । अहिले यसको देशव्यापी विरोध भइरहेको छ । भने त्यसको सबैभन्दा ठुलो असर झापा र कोशी प्रदेशमा परेको छ ।
Image Source: © https://mulpatra.com
तीनदिन आफ्नो गृहजिल्ला झापामा बसेर विभिन्न कार्यक्रममा सहभागि भएको प्रधानममन्त्री ओलीलाई जनताले कालोभण्डा र उनीहरुविरुद्ध नाराबाजी गर्दै सडकमै उत्रिए । ओली झापाको विभिन्न कार्यक्रममा सहभागि हुँदा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्नुपरेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।
झापामा अहिले प्रसाईनिकट महाअभियानका कार्यकर्ताले ओली केही नगरेपनि उनीविरुद्ध लिम्बुवान र रावश्पासँगै अन्य पार्टीका कार्यकार्यले कालो झण्डा देखाउँदै प्रदर्शन समेत गरे ।
ओलीले शक्तिको आडमा प्रसाईलाई फसाउन खोजेपनि प्रहरीले प्रमाण भेटेको छैन । त्यसपछि उनी प्रहरीलाई जसरी हुन्छ प्रसाईलाई कानुनी समस्यामा पार्ने निर्देशन दिइरहेका छन् । प्रहरीले भने बिना प्रमाण प्रसाईलाई हिरासतमा राख्नु गलत हुने बताइरहेको छ ।
प्रसाईसँग इगो साँध्दा देशकै कार्यकारी प्रधानमन्त्री ओलीलाई आफनै गृहजिल्लामा घुम्न ठुलो समस्या भइरहेको छ । भने ठुलो संख्यामा प्रहरी परिचालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसको अर्थ २०८४ सालको निर्वाचनमा झापामा एमालेले प्रसाईसँग इगो साँधेको ठुलो मत गुमाउने अवस्था आउन सक्ने अनुमान समेत गर्न थालिएको छ ।



