प्रसाईलाई फसाउन झुटो आपराधिक लाभको उजुरी दिने दिपेन्द्र अग्रवाल र पवन गोल्यान
काठमाडौं–नागारिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध पवन गोल्यान र दिपेन्द्र अग्रवालले आपराधिक लाभको मुद्दासम्बन्धी उजुरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा दिएका थिए ।

प्रसाईले उनीहरुसँग आपराधिक लाभ लिने काम केही गरेको प्रमाण सीआईबीसँग छैन । अग्रवाल र गोल्यानले प्रसाईलाई फसाउन र संगठित मुद्दा चलाउने गरी सीआईवीमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
तर प्रसाईले दुवै जनासँग आपराधिक लाभ लिने गरी कसुर गरेको केही प्रमाण नभएका सीआईबी स्रोतले जनाएको छ । सीआईबीका अनुसार कसैको उस्कावटमा अग्रवाल र गोल्यानले प्रसाईलाई फसाउन र संगठित मुद्दा चलाउने गरी उजुरी दिएको पाइन्छ ।
![]() |
![]() |
![]() |
|---|
प्रसाईविरुद्ध प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संगठित र आपराधिक लाभको मुद्दा चलाउन फाइल अगाडी बढाएको हो । तर अहिलेसम्म त्यस्तो केही प्रमाण सीआईवीले भेटाएको छैन । तरपनि उनलाई कानुनी समस्यामा पार्ने प्रधानमन्त्री ओली लागेका थिए ।
अग्रवाल सामाजिक सञ्जालमा उनको सतही र नकारात्मक टिप्पणी पनि थियो। प्रसाईका बारेमा । अहिले उनको पहिचान व्यवसायीबाट खस्किरहेको छ । उनीमाथि बेलाबखत लगानीकर्तालाई फसाउने आरोप पनि लाग्छ । प्रसाईमाथि यीनै दिपेन्द्र अग्रवालले झुटो मुद्दा लगाए । जुन मुद्दामा प्रसाईको संलग्नता नभएको सीआईवी प्रहरीले जनाएको छ ।
गोल्यान समूहका संचालक पवन गोल्यान वाणिज्य बैंक एनएमबी र नेपाल धागो उत्पादक संघको अध्यक्ष हुन् । राजनीतिक रुपमा राम्रो पहुँच भएका गोल्यानले पहुँचकै भरमा किसानले पाउनुपर्ने करोडौंको सहुलियत ऋण हत्याएको देखिन्छ । कुमारी बैंक ,एसबीआई बैंकलगायतबाट उनले दुई प्रतिशत अति सस्तो व्याजदरमा कृषि ऋणको सहुलियत लिएका हुन् । बैंक तथा वित्तीय संस्थाले गरिब र किसानहरूलाई अनिवार्य दिनु पर्ने सहुलियतपूर्ण ऋण गोल्यानलाई नक्कली किसान खडा गरेर अपचलन गरेको पाइएको हो ।
Image Source: © https://mulpatra.com
झापाको बाह्रदशी गाउँपालिका १ मा ३० विगाह क्षेत्रफलमा स्ट्रबेरी लगाएको थियो । जुन एक वर्षभन्दा बढी समय टिकेन । यसैगरी झापा गाउँपालिकाको मदरगाछ भन्ने ठाउँमा ड्रागन फ्रुट लगाइएको छ ।
बाह्रदशी गाउँपालिकाकै चकचकी भन्ने ठाउँमा ठूलो क्षेत्रफलमा सुपारी लगाइएको छ । झापाको चकचकी, मदरगाछ, घेराबारी, राजगढलगायतका ठाउँमा करिव डेढ सय विगाह जग्गा खरिद गरी गोल्यान समूहले खेती लगाएको थियो । यस विषयमा उजुरी परेपनि प्रहरीले अनुसन्धान गरेको छैन ।



