Close

Recent Posts

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
  • २७ मंसिर २०८१, बिहीबार १४:४१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

mulpatra

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई सातौँपटक आज कास्की जिल्ला अदालत उपस्थित गराइएको थियो।

म्याद थपका विषयमा भएको बहसपछि जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

mulpatra mulpatra mulpatra

प्रहरीले थप ९ दिन म्याद मागे पनि अदालतले ५ दिनको समय मात्र थप गरेको कास्की जिल्ला अदालतका सूचना अधिकृत सुरज अधिकारीले जानकारी दिए। यसअघि रविविरुद्ध ६ पटक हिरासत म्याद थप भइसकेको छ।

लामिछानेविरुद्ध ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ। यसबीच उनलाई रुपन्देही (बुटवल), काठमाडौँ, चितवन र पर्सा (वीरगन्ज) का विभिन्न सहकारी ठगी आरोपमा समेत ती स्थानमा लगेर बयान लिइएको छ।

रविविरुद्ध पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको आरोप छ।

Image Source: © https://mulpatra.com