४० हजार धरौटीमा छुटे प्रसाई, आपराधिक लाभ र संगठित मुद्दामा पक्रिने तयारी
काठमाडौं–काठमाडौँ जिल्ला अदालतले नागारिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए । साइबर अपराधमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेपछि बिहीबार थुनछेक बहसपछि उनलाई न्यायाधीशले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।
यद्यपि उनीविरुद्ध अर्को पक्राउ पुर्जी पनि भएकाले धरौटी बुझाएर रिहा भएलगत्तै फेरि पक्राउ गर्ने तयारीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) छ ।
प्रसाईलाई सिआईवीमा लगेपछि फेरी केएमसी अस्पतालमै राखिने सिआईवीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार आपराधिक लाभ लिने र संगठित मुद्दामा अनुसन्धान हुने छ । उहाँलाई प्रहरीले स्वास्थ्य अवस्थालाई ध्यान लिएर अस्पातलमै राखिने पनि उनले जानकारी दिए ।
