प्रसाई नजिकका समर्थक र सहयोगीलाई पक्रिन त्रास देखाउँदै प्रहरी
काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थकलाई पनि प्रहरीले पक्रिन त्रास देखाइरहेको छ ।

प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोले धरौटीमा छाडेपनि प्रधानमन्त्री केपी ओलीको सिधा निर्देशनमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको दाबीसहितको अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए । प्रसाईले कम्बोडियामा ओेलीको ३२ करोड लगानी भएको दाबी गरेका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संगठितसँगै आपराधिक लाभको मुद्दा प्रसाईलाई चलाएको छ । अहिले यही मुद्दामा प्रसाईका समर्थक र सहयोगीलाई पनि सीआईवी प्रहरीले पक्रिन त्रास देखाइरहेको छ ।
प्रसाई पक्राउ परेदेखिनै उनका समर्थक र सहयोगीलाई प्रहरीले समाउने भन्दै त्रास देखाउँदै आएको छ । प्रहरीले समाउन धम्क्याएपछि प्रसाईका धेरै समर्थक असुरक्षीत भएको बताउँदै आएका छन् ।
कतिपय समर्थकलाई अनावश्यक दुख समेत प्रहरीले दिइरहेको छ । कतिपय विनाकारण अनुसन्धान गर्ने भन्दै प्रहरीले फोन गरेर धम्क्याउन थालेपछि आफनो व्यापार गर्ने मुश्किल भइरहेको प्रसाईका समर्थकले गुनासो गरेका छन् ।
