प्रसाईसँग इगो साँधेका ओलीले सत्ताको आडमा उनको व्यवसायमाथि आक्रमण गर्ने रणनीति बुन्दै
काठमाडौं– प्रधानमन्त्री केपी ओली तीन पल्ट देशको प्रधानमन्त्री भइसके । यो पटक उनको सत्ता यात्रा त्यति राम्रो भएन । अहिले ओलीको काम र उनको व्यवहारप्रति चौतर्फी विरोध भइरहेको छ । यस विषय स्यंम ओली पनि जानकार होलान् ।

ओली सरकारसँग अहिले जनता मात्र होइन । एमालेकै नेता कार्यकर्ता समेत आन्तरिक रुपमा आक्रोशित छन् । त्यही भएर ओली एमालेभित्र आन्तरिक समस्या हुँदा पार्टीमाथि प्रश्न उठेको आज मात्र एक कार्यक्रममा बोलेका थिए ।
गत मंसिर ३ गते प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा ३२ अर्ब लगानी भएको दाबी गर्दै नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई भिडियो प्रमाण पेस गरे ।
![]() |
![]() |
![]() |
|---|
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली बैठकमा भने, ‘दुर्गा प्रसाईका अराजकताले सबै सीमा नाघ्यो भन्दै हुनुहुन्थ्यो । कम्बोडियाको टेलिकममा आफूले (ओलीले) लगानी गरेको भन्दै गलत हल्ला फिँजाइरहेको छ । कतिपय मान्छेले उसका कुरा नबुझी पत्याउँछन् ।’ भनेर प्रधानमन्त्रीले पार्टी भित्र गुनासो गरिरहेका छन् । यस विषय स्यंम प्रधानमन्त्री ओलीले समेत लगानी छैन भनेर जवाफ दिन सकेका छैन ।
ओलीले यस विषयमा जनतालाई जवाफ दिनुको साटटो प्रसाईको व्यवसायीमाथि आक्रमण गर्ने रणनीति बनाइरहेको एमालेका केही नेताहरु बताउँछन् । एमालेका एक नेताका अनुसार ओलीले अहिले प्रसाईलाई फसाउने कानुनी प्रमाण नभेटाएपछि उनलाई सम्पति शुद्धीकरण र बैंकिङ कसुरमा आक्रमण गर्ने रणनीति बनाइरहेको एमाले स्रोतकै दाबी छ ।
देशको नेतृत्वमा रहेका प्रधानमन्त्री नै एउटा व्यवसायिक क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिको व्यवसायीमा इगोकै आधारमा आक्रमण गर्न खोज्नु गलत भएको प्रष्ट देखिन्छ । सरकारले सम्बन्धीत मुद्दामा मात्र छानबिन गर्नुपर्ने हो । तर कानुन मिचेर प्रसाईमाथि अनुसन्धान गर्न थालेको छ । यस विषयमा जनआवाज समेत उठन थालेको छ ।
Image Source: © https://mulpatra.com
नेकपा (नेकपा) को ‘महान एकता’ मा दुर्गा प्रसाईलगायत व्यवसायीको ठूलै योगदान थियो । दुर्गाले ओली–प्रचण्डलाई घरै डाकेर चरेसको थालमा मार्सीधानको भात खुवाएको प्रसंग चर्चितै भइहाल्यो । अहिले उनैको व्यवसायीमाथि प्रधानमन्त्री ओलीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपाल राष्ट्र बैंकलाई आधार बनाएर आक्रमण गर्न लागेका छन् ।
प्रधानमन्त्री ओली सिआइवी प्रमुख दिपक थापा र नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई यस विषयमा प्रयोग गरिरहेको बालुवाटार स्रोतले जनाएको छ । अहिले प्रसाईलाई सीआईवीले प्रमाणबिना संगठित र आपराधिक लाभ लिने कसुरमा पक्रिएको छ । यसमा पनि उनलाई दुख मात्र दिने काम भइरहेको छ ।
सीआईवीका प्रमुख थापा अहिले जीउज्यान दिएर ओलीलाई खुसी पार्ने प्रसाईलाई फसाउन कानुनी प्रमाण जुटाउन लागेको सीआइवीकै प्रहरी बताउँछन् । थापाले यतिसम्म कि गृहमन्त्री रमेश लेखकलाई पनि वाइपास गरेर प्रसाईको मुद्धा अनुसन्धान गरिरहेको पाइएको छ । ओलीलाई खुसी बनाएर थापा आइजीपी हुने लाइनमा बनाउँदैछन् । त्यही भएर प्रसाईको मुद्दामा उनी लागिपरेको प्रहरीकै भनाइ छ ।
दोस्रोपल्ट प्रधानमन्त्री हुँदा ओलीले नै अधिकारीलाई गभर्नर बनाएका थिए । त्यही भएर ओलीको गनु तिर्न अहिले उनी बैंकको साहारा लिएर प्रसाईका बारेमा अनुसन्धान गर्न व्यस्त छन् । अधिकारीले प्रसाईको बैंकबाट गरैबैंकिङ कारोवार गरेका छ कि छैन भनेर बैंकहरुसँग प्रमाण मागेका छन् । तर अहिलेसम्म त्यस्तो केही पनि प्रमाण राष्ट्र बैंकले भेटाएको छैन ।
गभर्नर अधिकारीले एक सातायता प्रसाईको बैंकिङ प्रमाण २४ घण्टाभित्र दिन पत्राचार समेत गरेको एक बैंकका सिइओले जानकारी दिए ।
सत्ताको आडमा ओलीले आफनो व्यक्तिगत इगो व्यवसायीमाथि पोग्नु गलत हो । यस विषयमा सबै व्यवसायीले बोल्नुपर्ने झापाका व्यवसायीको माग छ । सरकारले शक्तिको आडमा प्रसाईको व्यवसायीमाथि आक्रमण गर्नु गलत भएको व्यवसायीको भनाइ छ ।



