Close

Recent Posts

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन
  • १ पुष २०८१, सोमबार १०:३३

काठमाडौं– आफ्ना पूर्वप्रमुख (मेयर) पीएल सिंहको निधन भएको शोकमा काठमाडौँ महानगरपालिकाकाले आज सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाले सोमबार बिहान विज्ञप्ति जारी गरी महानगर क्षेत्रमा आज शोक बिदा दिइएको जानकारी गराएको हो।

mulpatra

‘काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्नुहुने पूर्वप्रमुख पीएल सिंहको आज बिहान निजी निवासमा असामियक निधन भएकोमा काठमाडौँ महानगरपालिका परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रमुखका रूपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उहाँले पु¥याउनुभएको योगदानको उच्च सम्मान गर्दै आज मिति २०८१ पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहने निर्देशानुसार अनुरोध गरिन्छ।’

सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो। ८५ वर्षीय सिंह लामो समयदेखि अल्सरबाट पीडित थिए। पूर्वमन्त्रीसमेत रहेका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहका प्रमुख सहयोगी भएरसमेत काम गरेका थिए।

mulpatra mulpatra mulpatra

पछिल्लो समय भने उनले कांग्रेस परित्याग गरेका थिए। २०४९ मा स्थानीय निर्वाचन जितेर सिंह काठमाडौँ महानगरपालिकाका मेयर बनेका थिए।