प्रसाईले लगाएको आरोपको एक आधार, २०१९ मेमा प्रधानमन्त्री ओली कम्बोडियामै थिए

काठमाडौं– राष्ट्र राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियनका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए ।
प्रसाई सार्वजनिक गरेको भिडियोकै मितिमा प्रधानमन्त्री ओली कम्बोडिया भ्रमणमा गएका थिए । प्रधानमन्त्री ओली २०७६ वैशाख २६ गते कम्बोडिया भ्रमणमा गएका थिए ।
ओलीले वैशाख ३१ गते अथवा सन् २०१९ मे १४ मा कम्बोडियामा रहेको टेलिकम एग्जियाटा कम्पनीमा लगानी सम्झौता गरेको अनुमान गरिएको छ । सम्झौतामा हस्ताक्षर गरे २०७६ जेठ १ गते नेपाल फर्किएको विभिन्न भारतीय सञ्चारमाध्यमले रिपोटिङ गरिरहेका छन् ।
कम्बोडियामा २१ करोड डलर, नेपाली साढे ३२ अर्ब रुपैयाँ, त्यहाँ खड्गप्रसाद ओली भनेर लेखेको छ सेयरसहितको प्रमाणित कागज, त्यो पनि गुगलमा गएर प्रमाणित गरेर, फेरि भोलि होइन भन्छन्, कुरा बुझ्नु भएन, त्यो मैले प्रमाणित गरेर ल्याएको प्रसाईको दाबी छ । यस विषयमा प्रमाणित गर्न भारतीय मिडियाहरुले प्रयास पनि गरिरहेका छन् ।
सन् २०१९ को मे १४ मा प्रधानमन्त्री हुँदा ओली कम्बोडिया बिजनेश फोरममा सहभागी हुन पुगेका थिए । त्यहाँ ओलीले शेयर होल्डरको रुपमा हस्ताक्षर गरेको प्रमाण रहेको धेरैको अनुमान छ । यस विषयमा एमालेका नेताहरु पनि बोल्न सकेका छैन । यस विषयमा भिडियो सार्वजनिक गरेका प्रसाई अहिले सीआइवी प्रहरीको हिरासतमा छन् ।
सन् २०१५ र १६ मा प्रधानमन्त्रीको रुपमा पहिलो कार्यकालमा तत्कालीन चिनियाँ राजदुत वु चुन्ताईको सहयोगमा ओलीले कम्बोडियाको टेलिकम्युनिकेसन क्षेत्रमा लगानी गर्ने प्रक्रिया अघि बढाएको एमालेकै कतिपय एमालेकै नेताहरु बताउँछन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले संसारभर गरेको सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा (२०२० करप्सन पर्सेप्सन इन्डेक्स सीपीआई) नेपाल १०० मा ३३ अङ्क ल्याएर ११७ औं स्थानमा रहेको थियो । जसमा ओलीले नेतृत्व गरेको सरकारलाई अहिलेसम्म कै सबैभन्दा भ्रष्टाचारी भनेको थियो ।
ओलीले भ्रष्टाचारमा शून्य शहरशीलता ‘जिरो टलरेन्स’ भने पनि उनकै पालामा थुप्रै भ्रष्टाचार भयो । आफूले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न, भ्रष्टाचारीको मुख पनि हेर्दिन जस्ता नारालाई उनले ठट्टाको विषय बनाए । अहिले पनि यसै भनिरहेका छन् । भने भ्रष्टाचार पनि मौलाउँदै छ । यतिसम्मकि उनले भ्रष्टाचारका विभिन्न काण्डलाई तुहाइदिए ।
२०७७ सालमा ओली र उनकी श्रीमती राधिका शाक्यका नाममा स्वीस बैंकमा ६६ करोड पैसा रहेको चर्चा भएको थियो । यस विषयमा स्यंम ओलीले ठट्टा गर्दै जवाफ दिएका छन् । त्योभन्दा बढी विषयमा बोलेका छैन ।
पछिल्ला केहि वर्षयता प्रधानमन्त्री ओलीको व्यक्तिगत सम्पत्ति कयौं गुणा बढेको समेत पाइएको छ । जेनेभा स्थित मिराबौड बैंकमा ओलीको खाता रहेको कुरा यथेष्ठ छ । ओली र उनकी श्रीमती राधिका शाक्यको संयुक्त रुपमा रहेको यो खातामा करिब ५५ लाख अमेरिकी डलर अर्थात करिब ६६ करोड रहेको बताइन्छ ।
जुन लामो समयका लागि बचत र सेयरमा लगानी गर्नका लागि राखिएको छ । ओलीले बैंकबाट प्रत्येक वर्ष स्वास्थ्य उपचारका लागि भनेर करिब ५ लाख अमेरिकी डलर पाउने गरेका छन् । उक्त बैंक स्विट्जरल्याण्डको बुलेभार्ड जर्जस फ्याभनमा अवस्थित छ ।
यस विषयमा राजनीतिक दलका नेता कार्यकर्ता कहिले आवाज उठाउने हो । कि उनीहरु पार्टीको दास मात्र बनेर बस्ने हो भन्ने अहिले प्रश्नको विषय बनेको छ ।