अखिल क्रान्तिकारीको अध्यक्षको लागि उमेर हद ३२ बर्ष राख्ने नराख्ने विषयमा मतदान हुने
काठमाडौं । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको अध्यक्षको लागि उमेर हद ३२ बर्ष राख्ने नराख्ने विषयमा मतदान हुने भएको छ ।
असोज १० गते आयोजित राष्ट्रिय सम्मेलनमा २८, ३० र ३२ बर्ष उमेर हदको विकल्पमा भोटिङ गर्ने भनिएको थियो । त्यस विषयमा विवाद भएपछि सम्मेलन नै रोकिन पुगेको थियो ।
पार्टी फ्र्याक्सन इन्चार्ज हिमाल शर्माका अनुसार ३२ बर्ष उमेर हद लगाउने कि नलगाउने भनेर मात्र भोटिङ हुने र सोहि अनुसार नेतृत्व चयन हुने बताएका छन् ।
पार्टीको निर्णय अनुसार सुरुमा उमेर हद लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् आउने परिणामको आधारमा गरिने छ । त्यसपछि बल्ल नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिने । यो प्रक्रिया यही पुस महिनाभित्र सम्पन्न गरिसक्ने तयारी छ ।

