प्रसाईको बीएण्डसी कलेज सञ्चालनमै नआई ऋण अशुल्न खोज्दै बैंक, सञ्चालनपछि व्याज तिर्न थियो आदेश
काठमाडौं– बैंकले ऋण असुलीका निम्ति ताकेता गर्दा अदालत गएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज भएको छ । बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए ।

मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो । तर यसको अर्थ तत्काल उनीसँग ऋण असुली गर्ने भनिएको होइन । गत बर्ष झापा जिल्ला अदालतले भने बीएण्डसी अस्पताल मेडिकल कलेज सञ्चालनमा आएपछि मात्र ऋण तिर्न सम्बन्धीत बैंकलाई आदेश दिएको थियो ।
सरकारले लामो समय सञ्चालनका अनुमति नदिएपछि प्रसाईले गरेको लगानी खेर गएको थियो । गत वर्ष झापा जिल्ला अदालतपनि सञ्चालनमा आएपछि मात्र ऋण तिर्ने आदेश दिएको थियो ।
![]() |
![]() |
![]() |
|---|
सञ्चालनको अनुमाति पाएको बीएण्डसी अस्पताललाई मेडिकल कलेज चैतदेखि मात्र सञ्चालनमा आउँदैछ । तर अहिले नै यस कलेजमा लगानी गरेका बैकहरुले ऋण तिर्न सञ्चालकलाई दबाब दिइरहेको पाइएको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालले अहिले पनि बैंकको ऋण तिर्दे आएको छ । गत जेठमा चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । त्यसपछि सञ्चालनमा आउने लागेको कलेजले व्याज तिर्न रकम बैंकका जम्मा गरेको बीएण्डसी अस्पतालले जनाएको छ । तर यसको प्रचार अहिले सञ्चारमाध्यमा प्रसाईको व्यवसायी धरापमा पर्ने गरि भइरहेको छ ।
एउटा व्यवसायी कानुनी रुपमा सञ्चालन हुन्छ । ऋण पनि व्यवसाय सञ्चालन भएपछि मात्र तिर्ने शर्तमा लिएको हुन्छ । तर केही मिडियाले व्यवसायी नै समस्यामा पर्ने गरी प्रचार गरिरहेको अस्पतालको आरोप छ । पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि दुर्गा प्रसाईंले चार वटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका छन् ।
Image Source: © https://mulpatra.com
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो बनाएर अफवाह फैलाएको भन्दै प्रसाईं गत मंसिर ४ गते पक्राउ परेका थिए । विद्युतीय कारोबार ऐन २०६३ अनुसार दर्ता भएको मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले ४० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । तर संगठित अपराध र अपराधिक लाभको कसूरमाथि छानबिन चलिरहेका कारण उनी छुटेनन् । अहिले उनी हिरासतमा छन् ।
यही मौका छोपेर केही बैंकले उनको बीएण्डसी अस्पताल र कलेजमा लगानी उठाउने बाहाना गिद्दे नजर लगाउन थालेको पाइएको छ । प्रधानमन्त्रीकै निर्देशनमा केही बैंकले सञ्चालनअघि नै ऋण उठाउन दबाब दिइरहेको अस्पतालको आरोप छ ।
रिट खारेजसँगै बैंकलाई ऋण असुलीको बाटो फुकेको छ । ऋण असुली नभए बैंकले प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताल लिलाम समेत गर्न सक्नेछ भने भ्रम छर्ने समाचार आइरहेका छन् ।



