Close

Recent Posts

प्रसाईलाई हिरासतमा राख्नुपर्ने मुद्दा नभएको सीआईवी प्रहरीकै दाबी

प्रसाईलाई हिरासतमा राख्नुपर्ने मुद्दा नभएको सीआईवी प्रहरीकै दाबी
  • ५ पुष २०८१, शुक्रबार १५:५६

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा छन् । उनलाई पछिल्लो पटक सीआइवी प्रहरीले संगठित र आपराधिक लाभ लिने कसुरमा हिरासतमा राखेको हो ।

mulpatra

गत मंसिर ४ गते पक्रिएको प्रसाईलाई हिजो मात्र साइवर प्रहरीले धरौटीमा छाडेको थियो । त्यसपछि सीआइवी प्रहरीले संगठित र आपराधिक लाभ लिने कसुरमा उनलाई पक्रिएको हो । उहाँको मुद्दामा प्रसाईलाई प्रधानमन्त्रीद केपी ओलीको इगोमा हिरासतमा राखिएको हो । यस्तो मुद्दा मान्छे फक्रिएर राख्नु भने धेरै मान्छे जेलमा पर्ने सीआईवी अधिकारीको दाबी छ ।
सीआइवी प्रहरीका अनुुार प्रसाईलाई हिरासतमा राख्नुपर्ने कारण छैन । अहिले राजनीतिक इगोका कारण राखिएको हो । त्यही भएर प्रहरीले चाँडै उनको मुद्दा सीआईवीले खोजीरहेको छ ।

प्रसाईलाई संगठित र आपराधिक लाभ लिने कसुरमा मुद्दामा राख्नुपर्ने कुनै प्रमाण नभएको सीआईवी प्रहरीका एक अधिकारीले जानकारी दिए । सीआईवीकै प्रहरीहरुले प्रसाईलाई यस्तो सामान्य मुद्दामा हिरासतमा राख्नु नहुने तर्क गदै आएका छन् ।

mulpatra mulpatra mulpatra

संगठित र आपराधिक लाभ लिने कसुर प्रसाईले गरेका छैन । प्रधानमन्त्री ओलीको निर्देशनमा सीआईवी प्रहरीले प्रसाईमाथि जबरजस्ती झुटो मुद्दा लगाएर पक्रिएको हो । ओली जति हुन्छ त्यति समय प्रसाईलाई हिरासतमा राख्न निर्देशन दिएको सीआईवीका प्रहरीहरु नै बताउँछन् ।
एमाले आयोजना गरेको मंसिर ७ को चुनावी सभामा एक लाख नेता कार्यकर्ता उत्तार्ने दाबी गरेपनि पाँच हजार सभामा आएन । यसको असर उपनिर्वाचनमा प्रष्ट देखियो ।

प्रसाईले गत मंसिर ७ गते कार्यक्रम गर्ने घोषण असोज महिनामै गरेका थिए । तर एमाले मंसिर ७ मा प्रसाईमा कार्यक्रम जुध्यायो । आफनो सभाभन्दा प्रसाईको कार्यक्रममा धेरै जनता भेला हुने बुझेपछि एमालेका अध्यक्ष ओलीले शक्तिको आडमा प्रसाईलाई सामान्य मुद्दामा पक्रिन लगाए ।

ओलीले यति मात्र होइन । २०८४ को निर्वाचनमा प्रसाईले उठाएको कम्बोडिया काण्डमाथि जनताले प्रश्न उठाउने प्रष्ट बुझेका छन् । त्यही भएर पनि प्रसाईको महाअभियान ओझेलमा पर्न उनी लागि परेको देखिन्छ ।

Image Source: © https://mulpatra.com

महाअभियानलाई प्रसाईले बैंक, वित्तीय संस्था र सहकारी पीडितका समस्या समाधान गर्ने माध्यम बनाएका थिए । भने उनले आगामी दिनमा नयाँ योजना र कार्यक्रकमा सात अगाडी बढाउने योजना बनाइरहेका थिए । प्रसाईले महाअभियानलाई समयसापेक्ष विकास र यसका मोडलको बारेमा विषयगत विज्ञसँग परामर्शमा पनि थिए ।