Close

Recent Posts

प्रधानमन्त्रीलाई लम्पसार पर्दापनि भारतले भ्रमणमा बोलाएन, भारतीयलाई देखाउन प्रसाई पक्रिएको बुझाई

प्रधानमन्त्रीलाई लम्पसार पर्दापनि भारतले भ्रमणमा बोलाएन, भारतीयलाई देखाउन प्रसाई पक्रिएको बुझाई
  • ७ पुष २०८१, आईतवार १५:११

काठमाडौं– प्रधानमन्त्री केपी ओलीलाई भारतले भ्रमणमा बोलाउन चासो दिएको छैन । गत भदौ महिनादेखि परराष्ट्रमन्त्री आरजु राणा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा बोलाइदिन आग्रह गर्दै दिल्ली चार पटक पुगेकी छिन् । तर भारतले यस विषयलाई प्रथामिकताभित्र राखेको छैन ।

mulpatra

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री ओलीलाई जति लम्पसार परेपनि भ्रमणमा बोलाउन काँटछाँट देखाएका छैन । उनले ओलीलाई भारत भ्रमणमा बोलाउन चाहेका पनि छैन ।

ओलीले भारत भ्रमणमा बोलाई दिन आग्रह गदै परराष्ट्रमन्त्री राणा र एमालेका उपमहासचिव प्रदिप ज्ञवालीलाई भारत पठाएका थिए । ज्ञवाली हाल भारमै छन् ।

mulpatra mulpatra mulpatra

गत साता प्रधानमन्त्रीलाई भ्रमणमा बोलाइदिन आग्रह गर्न परराष्ट्रमन्त्री राणा दिल्ली पुगेकी थिइन् । उनलाई भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेट नै दिएनन् । उनी भारतको एक होटलमा बसेर अपमानित भएर स्वदेश फर्किनु परेको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका परराष्ट्रमन्त्री राणालाई भारतीय विदेश मन्त्री एस जयशंकरले वेवास्ता मात्र गरेन र उनी भारतमा आएकोमा जयशंकरसले धन्यवाद समेत नदिएको स्रोतको दाबी छ ।

मंसिर १७ गते चीन भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणालाई नै दिल्ली पठाएका थिए । तर त्यसबेला दिल्लीबाट ठोस जवाफ नआएपछि ओली चीन भ्रमणमा गएका थिए ।

Image Source: © https://mulpatra.com

गत भदौयता परराष्ट्रमन्त्री राणालाई चार पटकभन्दा बढी ओलीलाई भारत भ्रमणमा बोलाइदिन आग्रह गदै भारत पुगेकी छिन् । तर भारतले ओलीलाई भ्रमणमा नबोलाउन प्रष्ट सन्देश दिइकेको छ ।

प्रधानमन्त्री ओलीले पनि गृहजिल्लामा झापामा भएको एक कार्यक्रममा आफू छिट्टै भारत भ्रमणमा जाने दाबी गरेका थिए । तर उनको गफ मात्र भयो ।

आफनो कम्बोडियामा ३२ अर्ब लगानी भएको प्रमाण देखाएपछि प्रधानमन्त्री ओलीले मंसिर ४ गते नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्रिन लगाएका थिए । प्रसाईलाई पक्रिएर भारतलाई देखाउन खोजेको भातीय पक्षीयको बुझाई छ ।

त्यति मात्र होइन स्यंम प्रधानमन्त्री ओलीले कतिपय उच्च भेटवार्तामा भारतले आफुविरुद्ध प्रसाईलाई प्रयोग गरेको बताउँदै आएका छन् । उनले यसो भनेको भारतीय प्रधानमन्त्री मोदी र विदेशी मन्त्री एस जयशंकरसको कानमा पुगेको पररष्ट्र स्रोत बताउँछ । ‘गत मंसिर ४ गते प्रसाईलाई पक्रिएको विषयमा पनि भारतले चासो दिएको छ । उनलाई पक्रिएको विषयमा भारतले ओलीले आफुलाई देखाउन खोजेको प्रष्ट बुझेको छ ।’ उनले भने ।

प्रसाईलाई ओली झुटो मुद्दामा एक महिनाभन्दा बढी हिरासतमा राखेको थियो । उनले हिन्दु राज्यको पक्षमा उठाएको आवाज भारतलाई मन परेको छ । यसका महाअभियान चलाएका प्रसाईलाई सामान्य मुद्दामा पक्रिएको भारतलाई मन परेको छैन । जसका कारण पनि भारतले ओली भ्रमणमा बोलाउन चासो दिएको छैन ।