लामिछाने निलम्बनमा, अर्याल बने रास्वपाको कार्यवाहक सभापति
काठमाडौं । संसद् सचिवालयले सूचना जारी गर्दै रवि लामिछाने निलम्बनमा परेको बारे जानकारी गराएको छ ।

सभामुख देवराज घिमिरेले रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गरेका छन् ।
यसअघि रास्वपाका नेताहरु सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बनमा नराख्न अनुरोध गरेका भए पनि प्रहरीको पत्रपछि संसद्ले निलम्बनमा राखेको सूचना जारी गरेको हो ।
![]() |
![]() |
![]() |
|---|
लामिछाने अब मुद्दाको किनारा नलागेसम्म निलम्बनमा रहनेछन् । उनीविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण अभियोगमा आइतबार मुद्दा दायर भएको थियो ।
डीपी अर्याल बने रास्वपाको कार्यवाहक सभापति
सहकारी रकम हिनामिना सम्बन्धमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएकै भोलिपल्ट पार्टीले डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । आइतबार रवि लामिछानेसहित ४४ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो । सोमबार रास्वपाको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको हो ।
यस्तो छ सूचना
Image Source: © https://mulpatra.com




