Close

Recent Posts

स्रोत नखुलेको ९२ लाखसहित काठमाडौंबाट तीन जना पक्राउ

स्रोत नखुलेको ९२ लाखसहित काठमाडौंबाट तीन जना पक्राउ
  • १० पुष २०८१, बुधबार १५:३२

काठमाडौं– काठमाडौंबाट ९२ लाख नगदसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ लाख नगदसहित उनीहरूलाई पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

mulpatra

रवि धमला, जितबहादुर तामाङ र सन्तोष खातीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट ७७ लाख र पछि १५ लाख गरी जम्मा ९२ लाख बरामद भएको हो।

स्रोत नखुलेको रकम बरामद भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न व्यक्तिहरू सुन कारोबारी हुन सक्ने प्रहरीको अनुमान छ।

mulpatra mulpatra mulpatra