यौनकर्मी युवतीले शारीरिक सम्बन्ध राखेको पैसा माग्दा ग्राहकले छुरा हाने

यौनकर्मी युवतीले शारीरिक सम्बन्ध राखेको पैसा माग्दा ग्राहकले छुरा हाने
  • १० पुष २०८१, बुधबार १५:४१

काठमाडौं–बाध्यात्मक देहव्यापारमा संलग्न एक युवती (यौनकर्मी) माथि शारीरिक आक्रमण भएको दुई महिना बितिसक्दा पनि न्याय पाएकी छैनन् ।

mulpatra

ग्राहकले आफूसँग शारीरिक सम्बन्ध राखेर पैसा दिन नमानेपछि वादविवाद हुँदा छुरा प्रहार भएको भन्दै मंगलबार नयाँ बानेश्वरस्थित प्रहरी बृत्तमा पुगेकी थिइन् । तर, उनले ग्राहकको नाम, ठेगाना बताएकी छैनन् ।
छुरा प्रहारपछि उनको शरीरमा २५ टाँका लगाइएको श्रमिक महिला रक्षा संघकी सिजापतिले बताइन् । कोटेश्वर प्रहरीको पत्रका आधारमा बालुवाटारस्थित अर्चिड अस्पतालमा उनको घाउ जाँच फाराम तयार पारिएको छ ।

केही दिनको उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइन् । उपचारका क्रममा भएको खर्च एक सामाजिक संस्थाले व्यहोरेको थियो । सोही संस्थाले कोटेश्वर प्रहरीमा उजुरी गर्नेसम्मको सहयोग ग¥यो । पछि उनी देहव्यापारमा संलग्न भएको थाहा पाएपछि सो संस्थाका मानिसहरुले वास्ता गर्न छाडे ।

रत्नपार्क, पुरानो बसपार्क र भोटाहिटी क्षेत्रलाई आधार मानेर देहव्यापारमा संलग्न २२ वर्षीया युवती लक्ष्मी नकर्मी (नाम परिवर्तन) माथि कात्तिक ८ गते काँडाघारीमा छुरा प्रहार भएको थियो ।

‘मोबाइल नम्बरको आधारमा व्यक्ति पहिचानको प्रयास गर्दैछौं’, नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोदारले भने, ‘व्यक्ति पहिचान भएपछि अनुसन्धान गर्छौं, अनिमात्र मुद्दा चल्ने, नचल्ने भन्न सकिन्छ ।’

पीडित युवती कपन, बालुवाखानीस्थित सुकुम्बासी बस्तीमा बस्छिन् । घटनापछि उनले पहिला कोटेश्वरस्थित प्रहरी प्रभागमा उजुरी गरेकी थिइन् । एक सामाजिक संस्थामार्फत उजुरी गर्न गएकी उनी देहव्यापारी भएको थाहा पाएपछि उक्त संस्थाका व्यक्तिले वास्ता गर्न छाडे । पछिल्लो समय ठमेलमा कार्यालय रहेको श्रमिक महिला रक्षा संघमार्फत उनी प्रहरी सम्पर्कमा गएकी हुन् ।

घटनाको प्रमाण र अन्य विवरण पनि अद्यावधिक रहेको रक्षा संघकी प्रतिनिधि निर्जला सिजापतिले बताइन् । तर, कोमाथि मुद्दा चलाउने भन्ने अन्यौलताका कारण प्रहरी कारवाहीमा ढिला भएको उनले बताइन् ।

‘नयाँ बानेश्वर प्रहरीमा गएपछि राम्रो रेस्पोन्स पाएका छौं’, उनले भनिन् । युवतीसँग रहेको ग्राहकको मोबाइल नम्बरका आधारमा छानवीन गर्दा उनको फोटो पहिचान भएको छ । फोन गरेर सोध्दा आफ्नो नाम रविन बताएका छन् ।

ती ग्राहकले लक्ष्मीलाई पहिलोचोटि कात्तिक ७ गते काँडाघारीस्थित आँखा अस्पतालपछाडिको फोहोर फाल्ने ठाउँमा रहेको झाडीमा लगेर शारीरिक सम्पर्क गरेका थिए । रत्नपार्कबाट रुटको गाडी चढेर उनीहरु त्यहाँ पुगेका थिए ।

पहिलो दिन एक हजार रुपैयाँ दिए । भोलिपल्ट फेरि रविनले युवतीलाई त्यहीँ बोलाए । उनी गइन् । तर, त्यसदिन शारीरिक सम्पर्कपछि शरीरका विभिन्न अंगमा छुरा प्रहार गरेर भागे । लक्ष्मीलाई रगताम्य देखेपछि स्थानीयले उपचारका निम्ति वीर अस्पताल पु¥याएका थिए ।