Close

Recent Posts

भोजपुरमा गुण्डा गर्दी शैलीमा एमालेको अधिवेशन

भोजपुरमा गुण्डा गर्दी शैलीमा एमालेको अधिवेशन
  • १० पुष २०८१, बुधबार २२:३५

नेकपा (एमाले) भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका कमिटिको अधिवेशन गुण्डा गर्दी शैलीमा भएको आरोप लागेको छ ।

mulpatra

पुर्व जिल्ला कमिटि सदस्य तथा शाल्पा सिलिछो गाउँपालिका सह इन्चार्ज हुँदै साल्पा सिलिछो गाउँपालिका संयोजक रहेका शान्ति बहादुर अधिकारीले सामाजिक सन्जाल फेसबुकमा अधिवेशनको आधिकारिकताको कुरा उठाएपछि सो कुरा बाहिर आएको हो ।

अधिकारीले फेसबुकमा लेखेका छन् ‘नेकपा एमाले साल्पा सिलिछो गाउँ कमिटिको दोश्रो अधिवेशनबाट केहि निरासा तथा गुण्डागर्दी शैलिमा पदाधिकारीहरुको घोषणा भएको जानकारी गराउँदछु ।’

mulpatra mulpatra mulpatra

२०४६ साल देखि निरन्तर एमालेमा रहेर महत्वपुर्ण जिम्मेवारी सम्हाल्दै आएका शान्ति बहादुर अधिकारीको खुट्टामा समस्या आएपछि अपरेशन गरेर आराम गरिरहेका बेला जबरजस्ती गाउँकमिटि घोषणाले भोजपुरको राजनीतिमा फेरी गुटको गन्ध आएको आम कार्यकर्ताको बुझाई छ ।

भएको के थियो ?
जिल्ला कमिटिले निर्णय गरेपछि शान्ति बहादुर अधिकारी साल्पा सिलिछो गाउँपालिकाको संयोजक रहेका थिए । खुट्टामा समस्या आएपछि विराटनगर दुई दुई पटक अपरेशन गरेर बसीरहेका बेला केन्द्रिय नेता शेरधन राई, जिल्ला अध्यक्ष मकर खड्का, परशु अधिकारी लगायत आएर ‘वडाको अधिवेशन गरौं तपाई ठिक भएपछि गाउँपालिकाको अधिवेशन गरौंला’ भन्ने प्रस्तावलाई स्वीकार्दै वडाहरुको अधिवेशन सम्पन्न भएको थियो ।

वडाको अधिवेशन सकिएपछि अधिकारी विराटनगरमा स्वास्थ उपचार गर्दै रहेको अवस्थामा केन्द्रिय सदस्य पर्शुराम अधिकारी र प्रदेश सदस्य रोशन बस्नेतले ‘शेरधनको गुटमा आउनु अध्यक्ष बनाउने जिम्मा हाम्रो, नत्र ठीक हुँदैन’ भनेर शेरधनको तर्फबाट प्रस्ताव समेत राखेको खुलेको छ ।

Image Source: © https://mulpatra.com

पर्शुराम अधिकारी र रोशन बस्नेतको प्रस्तावलाई ठाडै इन्कार गर्दै अधिकारीले ‘म गुट सुट जान्दिन, म निष्ठावान एमालेको कार्यकर्ता हुँ । पार्टीले विधिसम्मत जसलाई उम्मेद्वार बनाउँछ म त्यही स्वीकार्न तयार छु, म पनि अध्यक्षको दावेदार हुँ तर पार्टीले निष्पक्ष निर्वाचन गराएर जो आएपनि म त्यसलाई स्वीकार्न तयार छु’ भन्ने जवाफ पठाए पछि शेरधन पक्षधर पौष ६ गते अधिवेशन गर्ने निर्णयमा पुगेर अधिकारीलाई सो कुराको जानकारी गराइएको थियो ।

शेरधन राई पक्षले अधिवेशन गर्ने निर्णय सुनाएपछि पार्टीका लागि अधिकारी एम्बुलेन्समै आउन वाध्य भए । ५ गते बसेको पार्टीको बैठकमा अतिथिलाई कहाँ राख्ने के खुवाउने जस्ता निर्णय गर्यो ।

जालपा मा.वि.मा तय ६ गतेको अधिवेशन अधिकारीकै अध्यक्षतामा भएको थियो भने खुला सत्रमा विभिन्न तहका नेताहरुले आफ्ना कुरा राखे र खुला सत्र समापन भयो । बन्द सत्रमा रोशन बस्नेतको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरियो ।

निर्वाचन कमिटि बनेपछि कमिटिले उम्मेदवार मनोनयनको माग गरे बमोजिम अध्यक्षमा ध्यान बहादुर खत्री र शान्तिबहादुर अधिकारीको उम्मेदवारी पर्यो ।

उपाध्यक्षमा राम खत्री, श्रीकृष्ण अधिकारी, हस्तकुमार राई र टिका घले चार जना र सचिवमा महेन्द्र सुन्दास र विनोद राइले मनोनयन गरे भने महिला सहसचिव निर्विरोध भयो । पुरुष तर्फको सहसचिवमा उम्मेदवारी नै भएन ।

यसरी उम्मेद्वारी परेको पदका लागि छलफल सुरु गरियो । सहमतिको लागि भन्दै सबैको हस्ताक्षर संकलन गर्ने काम भयो । छलफल चल्दै गर्दा अध्यक्षमा मनोनयन गरेका ध्यान बहादुर खत्री अधिकारीको उम्मेदवारीलाई समर्थन गर्ने पक्षमा पुगी सकेका थिए ।

तर त्यसपछि एक्कासी मक्कर खड्का आएर ‘भोजपुर नगरनगरपालिका र षणानन्द नगरपालिका चाहि अर्को पक्षलाई दिएर अरु सबै हाम्रो पक्षमा लिने निर्णय भएको छ । शेरधन दाईको आदेश छ, यो नै केन्द्रको निर्णय हो’ भन्दै रोशन बस्नेतलाई कमिटि घोषणा गर्न आदेश गरेपछि फटाफट पदाधिकारीको नाम वाचन गर्न थालेर माहोल अर्कै बनेको एक प्रत्यक्ष दर्शी नेताले बताएका छन् ।

अध्यक्षमा मनोनय गरेका अधिकारी लगायत अन्य थुप्रैले मक्कर खड्का र रोशनको कार्यशैलीमा असहमति राख्न खोज्दा गुण्डा गर्दी शैलीमा ‘कोही बोल्न पाइँदैन घोषणा गर्नुस’ भन्दै जबरजस्ती सचिवका उम्मेदवार दिएका विनोद राईलाई सहसचिव, सचिवमा महेन्द्र सुन्दास, चार जना उपाध्यक्ष मध्येका श्रीकृष्ण अधिकारीलाई उपाध्यक्ष र ध्यानबहादुर खत्रीलाई अध्यक्षको घोषणा गरेपछि अधिवेशन हल तनाव ग्रस्त बनेको थियो ।

८० प्रतिशत उपस्थितले हलमा ‘निर्वाचन गरौं, जबरजस्ती कमिटि मान्य हुँदैन’ भनेर प्रतिवाद गर्न थालेपछि शेरधन राई पक्षधरले बाहिरका मान्छे समेत ल्याएर हातपात गर्ने शैलीमा उत्रिएपछि अधिकारी लगायत निष्ठावान कार्यकर्ता निरिह बनेका थिए ।

धेरै कार्यकर्ता एमाले अधिवेशन भित्र देखिएको अलोकतान्त्रिक शैलीका कारण आँशु झार्दै हिडेको र सामुहिक राजीनामा दिने समेत घोषणा गरेकाले भोलीपल्ट अधिकारीलाई फकाउन सुरेन्द्र उदास, देवीराम चौलागाई, श्रृजना राई, रोशन बस्नेत, परशुराम अधिकारी सम्झाउन पुगेका थिए ।

उनीहरुले अधिकारीलाई जिल्लामा लाने, महत्वपुर्ण पदमा सिफारीस गर्ने जस्ता आश्वासन बाँडे पनि ‘विधि प्रक्रिया नपुर्याई घोषणा गरे्को कुरा मेरो मान्य छैन, स्थानीय कार्यकर्ता र भोटरहरुको भावना बुझेनौ, इमान्दार कार्यकर्ताहरुको भावनालाई ठेस पुर्याउने काम गरेका छौं तर पनि म आफ्नो भुगोल कहिल्यै छोडदिन, तिमीहरु जस्ताको विरुद्ध म पार्टीमा लागिरहने छु, जबरजस्ती गुटको राजनीति गर्ने तिमीहरु जस्ताले एमाले लाई घात गर्ने काम गरिरहेका छौ’ भनेर फर्काएका थिए ।

पार्टी केन्द्रले गुट छैन, गुट गर्नु हुँदैन भन्दा भन्दै पनि स्थानीय तहसम्म यसरी गुटमा आइज, मेरो पक्षमा आइज नत्र सिद्याउँछु भनेर विधि प्रक्रिया मिचेर अधिवेशन गर्नु पार्टीको विधि विपरित भएको भोजपुर एमाले कार्यकर्ता धेरैको ठम्याइ छ ।

उनै अध्यक्षमा मनोनय गरेका अधिकारीले सामाजिक सन्जालमा लेखेका छन् ‘भोजपुरको यस अधिवेशनमा धेरै इमान्दार साथीहरुको आँशु बगेको छ, पद वा बाहिरबाट भएपनि पार्टीमा सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु, कुनै पनि साथी यस पटकको गतिविधिबाट विचलित नभई सर्वहारा, किसान मजदुरको लागि काम गर्न सोच राम्रो हुनुपर्दछ तर पार्टीमा यस्तै अराजकता सिर्जना गर्दै जाने हो भने मिसन ०८४मा पार्टीले प्रथम स्थान हासिल गर्न नसोचे पनि हुन्छ ।’