के छ राष्ट्रपतिबाट प्रमाणीकरण भइको सहकारी सम्बन्धी अध्यादेशमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि सरकारी सम्बन्धी अध्यादेश लागू भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ जारी गरेका हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संसदको अधिवेशन अन्त्य भएको लामो समय भएको र पुन अधिवेशन आव्हान नगरी अध्यादेश ल्याएकोमा सरकार प्रति संसदीय अभ्यासको उपहास भएको आरोप लागेपनि अध्यादेशमा समेटिएका केही बुँदाहरुले बचतकर्ताको सुरक्षा गर्ने कुरामा धेरै विश्वस्त भएका छन् ।
![]() |
![]() |
![]() |
|---|
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐनको संशोधन अध्यादेश पारित गरी स्वीकृतका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अध्यादेश कार्यान्वयनमा आउने भएको छ ।
सहकारी सम्बन्धी ऐनमा केही कुराहरु संसोधन गरी अध्यादेश ल्याएको सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने, कार्यक्षेत्रका आधारमा बचतमा सिमा तोक्ने, स्थानीय तहले सहकारी दर्ता गर्ने, १० लाख भन्दा बढीको बचतमा श्रोत अनिवार्य खुलाउनु पर्ने जस्ता कुराहरु अध्यादेशमा समेटेको छ ।
त्यसैगरि दुई कार्यकाल मात्र सन्चालक बस्न पाउने, सहकारीहरु सुरक्षण कोषको सदस्य बन्नुपर्ने जस्ता कुराहरु समेत समेटिएका छन् ।
Image Source: © https://mulpatra.com



