Close

Recent Posts

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार
  • १६ पुष २०८१, मंगलवार १०:५९

काठमाडौं –मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो ।

mulpatra

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार भने सार्वजनिक बिदा भएका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन ।