नेकपा एस नेतृत्व र वामदेवबीचको वार्ता सहमति नजिक

नेकपा एस नेतृत्व र वामदेवबीचको वार्ता सहमति नजिक
  • १७ पुष २०८१, बुधबार १६:२५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बुधबारको वार्ता सकारात्मक रहेको दुवैतर्फका नेताले बताएका छन् ।

mulpatra

गौतमका अनुसार, छलफल सहमतिनजिक पुगेको छ । आज भएका छलफल र जुटेका सहमतिका बारेमा आफूले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाइने र त्यसबाट अनुमोदन गरेपछि बाँकी काम सम्पन्न गर्ने उनले बताए । ‘टुंगिएको नभनौं, तर धेरै सकारात्मक कुरा भएको छ’, उनले भने ।

एकीकृत समाजवादीको तर्फबाट वार्तामा सहभागी पोलिटब्युरो सदस्य बलराम बास्कोटाले आधारभूत विषयहरु टुंगो लागेको र केही प्राविधिक विषयलाई अन्तिम रूप दिन बाँकी छ । ‘अब जे, जति कुरा बाँकी छन्, ती नमिल्ने र अड्किने खालका छैनन्’, उनले बताए ।

mulpatra mulpatra mulpatra

पार्टीमा नेता गौतमलाई वरिष्ठ नेताको पदसहित तेस्रो वरियता दिने विषयमा सबै नेताबीच मतैक्यता रहेको बाँस्कोटाले बताए । त्यसबाहेक गौतम नेतृत्वको अभियानबाट एकतामा सहभागी हुने नेताको हैसियतअनुसारको पद व्यवस्थापनमा पनि नेताहरुको बीचमा कुरा मिलेको उनले बताए ।

बुधबारको वार्तामा गौतम एक्लै थिए । एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, सचिव सावित्रा भुसाल, गणेश विक, चन्द्रबहादुर शाही, स्थायी कमिटी सदस्य बलराम बास्कोटासहितका नेता सहभागी थिए ।

कुराकानीलाई अन्तिम रुप दिन केही दिनमै फेरि वार्ता गरिने बास्कोटाले बताए ।

Image Source: © https://mulpatra.com