Close

Recent Posts

मलेसिया रोजगारः सिन्डिकेट बाहिरका मेडिकलबाट स्वास्थ्य परीक्षणको काम सुरु

मलेसिया रोजगारः सिन्डिकेट बाहिरका मेडिकलबाट स्वास्थ्य परीक्षणको काम सुरु
  • १८ पुष २०८१, बिहीबार १५:४१

काठमाडौँ– मलेसिया रोजगारमा मेडिकल सिन्डिकेट तोडिएसंगै जुनसुकै मेडिकलबाट स्वास्थ्य परीक्षण गरेका नेपाली कामदारहरुको मलेसियाको भिसा जारी हुन थालेका छन् ।

mulpatra

लामो समयदेखि नेपालका निश्चित ३६ वटा मेडिकल संस्थाहरुले मात्र मलेसिया रोजगारको लागि मेडिकल गराउन पाउने बनाई सिन्डिकेट गर्दै आएका थिए । उक्त सिन्डिकेट गर्ने स्वास्थ्य व्यवसायीहरुको नेतृत्व कैलाश खड्काले गरेका थिए । उनि स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष समेत हुन् । उनै खड्काले मलेसियास्थित एक एजेन्सीसँग मिलेर नेपालबाट निश्चित मेडिकलले मात्र मेडिकल गर्न पाउने सिन्डिकेटधारी नियम बनाई मलेसियामा सम्झौता गरि ६ बर्षसम्म चर्को अशुली उठाउँदै गर्दा नेपाल सरकारको सम्बन्धित पक्ष भने मौन बसिदिएको थियो ।

पछिल्लो समय उक्त बिबादास्पद सम्झौतालाई मलेसिया सरकारले कटौती गरेसंगै नेपालबाट जुनसुकै आधिकारिकता प्राप्त मेडिकल संस्थाबाट मेडिकल गराएर पनि मलेसिया रोजगारमा जान पाइने भएको छ । यस सम्बन्धमा यस अघिनै नेपाल स्थित मलेसियन दुतावासले जानकारी दिईसकेको छ ।

mulpatra mulpatra mulpatra

तर सिन्डिकेटधारी समूहले पछिल्लो समय मलेसियाले एफडब्लुसीएमएस नवीकरण गरेको विषयलाई फरक रुपले प्रचार गरेर मलेसिया मेडिकल पनि पुनः ३६ वटा मेडिकलले मात्र गर्न पाउने भन्दै मिडियाबाजी गरेका थिए । यस सम्बन्धमा बिभिन्न संचारमाध्यमहरुमा समाचार प्रकाशन भएको थियो । लगत्तै यस सम्बन्धमा मिडिया मार्फतनै सम्बन्धित पक्षले भ्रम छरेको भन्दै समाचारहरु आएका थिए ।

पछिल्लो समय मलेसियाले सिन्डिकेटधारी बाहेकका अन्य मेडिकल संस्थाहरुबाट स्वास्थ्य परीक्षण गराएर प्रक्रिया गर्दा पनि मलेसिया रोजगारको भिसा जारी भईरहेको प्रमाणहरु बिभिन्न मेडिकल व्यवसायीहरुबाट प्राप्त भएका छन् । मलेसिया रोजगारको लागि पहिलेका ३६ मेडिकल संस्था बाहेक रहेको गौशाला स्थिति युनिभर्सल डाइग्नोस्टिक सेन्टर प्राली मार्फत मेडिकल भएका ४० जना भन्दा बढी नेपाली कामदारहरुको भिसा प्राप्त भईसकेको प्रमाण प्राप्त भएको छ । त्यस्तै पछिल्लो साता मात्र सिन्डिकेट बाहिरका फरक–फरक मेडिकलहरूबाट चार सय भन्दा बढी कामदारहरुले मेडिकल गराएर मलेसियाको भिसा पाउने क्रममा रहेको बुझिएको छ ।

युनिभर्सलका संचालक रमेश आचार्यले आफ्नो मेडिकल मार्फत मेडिकल गराएर पठाएको सागर बि. क, श्रीराज भुजेल, सुशील भट्टराई, डिल्लीराम भण्डारी, होम बहादुर आले, बिराट सिङ थारु, सुजन तामाङ सहित ४० जना भन्दा बढीको भिसा जारी भएको पुष्टि गरे । उनले ५५०० शुल्क लिएर मेडिकल गरेको बताए । यस अघि मेडिकल सिन्डिकेट हुँदा मलेसिया रोजगारमा जाने कामदारले प्रतिव्यक्ति ९८९० रुपयाँ तिर्ने गरेका थिए । यसरी बढी लिएको रकम मलेसियामा सिन्डिकेट सेटिङ मिलाउने एजेन्टलाई र नेपालका सरकारी अधिकारीहरुलाई मौन बसिदिए बापत बाडिने गरिएको बताइएको छ ।

Image Source: © https://mulpatra.com

स्रोत: साझासवाल