स्याङजाका चन्द्रबहादुर कुवँर रुसमै बसेर नेपाली ठग्छन्, ५ सयभन्दा बढीसँग ७ करोड ठगि
काठमाडौं– अवैध बाटो हुँदै रुसी सेनामा नेपाली युवालाई प्रलोभन देखाइ स्याङजा वलिङका चन्द्रबहादुर कुवँरले भर्ती गराउँदै आएका थिए । पछिल्लो समयमा यीनै कुँवरले रुसमै बसेर नेपालीहरु ठगिरहेका छन् ।
कुँवरले रुसी सेनामा भर्ती गराउने लोभ देखाएर धेरै नेपालीलाई ठगेका छन् । कहिले अत्माहत्या गरेको अपवाह फैलाउँदै रुसमै लुकेर बसेका छन् । स्याङजाका कुँवरले नेपालबाट मानव तस्करी गरिरहेको समेत पाइन्छ । उनले रुस हुँदै नेपालीहरु युरोपका देश रोजगारीको प्रलोभनमा नेपाली लैजाने गरेका छन् ।
बेलारुसमा लुकेर बसेका कुँवर रुसी सेनामा कार्यरत नेपालीलाई भगाएर स्वदेश फकाइदिने भन्दै सातदेखि १० लाख ठगि गर्दै आएको मूलपत्रको सम्र्पकमा आएका एक पीडितले जानकारी दिए । उनले दिएको प्रमाण मूलपत्रले सुरक्षीत राखेको छ ।
स्याङजाका कुँवरले रुसी सेनाबाट घाइते भएका नेपालीलाई समेत स्वदेश फकाईदिने प्रलोभन देखाएर ठगिगरेका छन् । यस विषयमा नेपाल प्रहरी र नेपालस्थित रुसी दूतावासमा समेत मूलपत्र प्रमाण दिने तयारी गरेको छ ।
नेपालबाट रुसी सेनामा राम्रो कमाइ हुन्छ भनेर रुस पुराएर नेपालीलाई उनले अलपत्र समेत पार्दै आएका छन् । उनले अवैध बाटो हुँदै रुसी सेनामा भर्ती गराएका केही नेपालीहरुको मृत्यु भएको रुसमै रहेको नेपालीहरुले जानकारी दिएका छन् ।
धेरै ठगि गरेपछि उनलाई नेपालीहरु खोजीरहेका छन् । बेलारुसमा लुकेर बसेका कुँवरले आफु आत्महत्या गरेको भ्रम फैलाउँदै ठगि गरिरहेको रुसबाट फर्किएका पीडितले जानकारी दिए ।
रुसमै बसेर उनले रुसी सेनामा भर्ती गराउने र स्वदेश फकाउने भन्दै ५ सयभन्दा बढी नेपालीलाई कुँवरले ठगि गरेका छन् । उनले नेपालीसँग पाँच करोडभन्दा बढी ठगि गरेको पाइएको छ ।
रुसमा अलपत्र परेर बसेका नेपाली अपहरण र मार्ने समेत उनले धम्की दिने गरेको पीडितहरुको भनाई छ । उनको भिडियोसहित केही दिनमा मूलपत्रमा सबै प्रमाणको रिपोर्ट आउँदैछ । कुँवरको सबै प्रमाण खोज्ने काम पनि भइरहेको छ । हाल नेपालमा आएको छु भन्दै रुसमै बजेर नेपाली ठगि गदैै आएका छन् ।