रविका बारेमा बोलेका प्रचण्डले प्रसाई पक्राउ पर्दा मुख खोलेनन्

रविका बारेमा बोलेका प्रचण्डले प्रसाई पक्राउ पर्दा मुख खोलेनन्
  • २३ पुष २०८१, मंगलवार १४:२९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुनै बेला नागारिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले ठुलै सहयोग गरेका थिए ।

प्रचण्डप्रति नरम अभिव्यक्ति दिने प्रसाई गत मंसिर ४ गते दोस्रो पटक पक्राउ परेपछि उनै प्रचण्डले प्रसाईका बारेमा हालसम्म पनि एक शब्द बोलेका छैनन् ।

दुई साताअघि झापाको एक कार्यक्रममा संम्बोधन गर्न पुगेका प्रचण्डले त्यहाँ पनि प्रसाईको बारेमा बोलेनन् । गत मंसिर ५ गते काठमाडौंमा भएको खबरदारी सभामा प्रचण्डले राश्वपाका सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको ३२ अर्ब कम्बोडियाको टेलिकममा लगानी छ भनेर प्रमाण देखाएपछि गत मंसिर ४ गते प्रसाई पक्राउ परेका थिए । वास्तविक विषय छानबिन नगरी प्रसाईलाई ओलीको ठाडो निर्देशनमा पक्राउ गरियो ।

प्रसाई पक्राउ परेपछि ओलीको एमालेभित्रै विरोध भयो । भने कांग्रेसका केही नेताले ओलीले गलत गरेको सार्वजनिक रुपमै धारण राखेको थिए । तर यस विषयलाई एमालेले समेत खण्डन गरेन ।

कुनै बेला प्रसाई प्रचण्डकै सहयोगी थिए । प्रसाईले पुर्वमा माओवादीलाई अघि बढाउन ठुलै सहयोग गरेका थिए । तर उनै प्रसाईलाई प्रधानमन्त्री ओलीले झुटो मुद्दामा फसाउन खोज्दा प्रचण्ड भने मौन देखिए । उनी मौन भएको विषयमा माओवादी केन्द्रका नेताहरुले समेत प्रश्न उठाइरहेका छन् ।

गत मंसिर १४ गते प्रचण्डले रवि लामिछानेमाथि सरकारले गरेको व्यवहारको निन्दा गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरे ।
‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु,’ प्रचण्डले लेखेका थिए ।

तर यीनै प्रचण्डले विगतमा प्रसाईले लगाएको गुन भने बिर्सिएको आरोप सर्वसाधारणको छ । प्रचण्डले प्रसाईका बारेमा बोल्न नखोजेका हुन् । कि पछि बोल्छन् भन्ने प्रश्न पनि उठेको छ । प्रसाईले देशमा फैलिएको राजनीतिक विकृति, तस्करी, नेपालको पैसा विदेशीमा नेताले गरेको लगानी र देशमा मौलाइरहेको विकृतिको आवाज उठाएका थिए ।

प्रचण्ड नबोल्नुको मुख्य कारण भनेको उनको पनि ओलीको जस्तै विदेशमा लगानी छ । त्यही भएर पनि प्रचण्ड प्रसाईका बारेमा मुख खोल्न डराएका हुन् भन्ने सर्वसाधारणको अनुमान छ ।

प्रसाईले आफनै तहबाट नागरिक बचाउ महाअभियानलाई यहाँसम्म ल्याएका छन् । हाल उनीलाई देश विदेशमा रहेका नेपालीहरुले पार्टी खोल्न सुझाव दिइरहेका छन् । प्रसाईले यस विषयमा केही प्रतिक्रिया दिएका छैन ।

हाल प्रसाईको महाअभियानमा ३२ लाखभन्दा बढी नेपाली जोडिएका छन् । उनको महाअभियानमा जोडिएका व्यक्तिले नै नयाँ संरचना र योजना भएको पार्टी ल्याउन सुझाव दिएका छन् ।