Close

Recent Posts

बैंकको नाफा: नबिल नै नम्बर वान्, ग्लोबल र एनआइएमबिको टक्कर,

बैंकको नाफा: नबिल नै नम्बर वान्, ग्लोबल र एनआइएमबिको टक्कर,
  • २९ पुष २०८१, सोमबार १०:२५

काठमाडौं– वाणिज्य बैंकहरुको नाफा झन्डै ८ प्रतिशत वृद्धि भएको छ । बैंकहरुले पाँच महिनामै साढे ३० अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् ।

mulpatra

नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । पाँच महिनामा बैंकहरुले ३० अर्ब ५९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ७.८४ प्रतिशत बढी हो । गत आवको पहिलो पाँच महिनामा बैंकहरुले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

अधिकांश बैंकहरुको नाफा बढेको देखिन्छ । नाफामा नबिल बैंककै अग्रता देखिन्छ । नाफामा नबिल बैंकको पोजिशन पहिलो नै छ । पाँच महिनामा बैंकले ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको मंसिर मसान्तसम्मको तुलनामा भने १७.७८ प्रतिशत बढी हो ।

mulpatra mulpatra mulpatra

नाफमा ग्लोबल आइएमईलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमी) ले पच्छ्याएको छ । पाँच महिनामा ग्लोबलले २ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३.५२ प्रतिशत बढी हो । यता, एनआइएमबिले भने २ अर्ब ८३ करोड ४४ लाख नाफा कमाएको छ ।

नाफाको आधार चौंथो स्थानमा रहेको कुमारीले भने १ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ कमाएको छ । यता, प्राइम कमर्सियलले १ अर्ब ९९ करोड ३२ लाख, एभरेष्टले १ अर्ब ९४ करोड २ लाख, एनएमबिले १ अर्ब ९० करोड ६४ लाख, प्रभूले १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

समिक्षा अवधिमा सर्वाधिक नाफा बढाउनेको सूचीमा भने नेपाल एसबिआई बैंक देखिएको छ । बैंकको नाफा ९०.४८ प्रतिशत बढेर १ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । दोस्रो सूचीमा रहेको लक्ष्मी सनराइजको ८२.५९ प्रतिशत बढाएर १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

Image Source: © https://mulpatra.com

समिक्षा अवधिमा सिद्धार्थ बैंकको नाफा पनि ५६.९४ प्रतिशत बढेर ९७ करोड ९० लाख, नेपाल बैंकको २४.९५ प्रतिशत बढेर १ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ कायम भएको छ ।

यता, सानिमा बैंकले पनि पाँच महिनामा ९० करोड ४१ लाख, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७१ लाख, माछापुच्छ्रेले ८२ करोड ७४ लाख,सिटिजन्सले ६९ करोड ४९ लाख, एनआइसी एशियाले ६३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको पाँच महिनामा कृषि विकास बैंकले भने १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । तर, चालु आवको सोही अवधिमा भने कति नाफ कमायो या नोक्सानीमा छ भन्ने राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छैन ।

कुनको बैंकको नाफा कति ?